काठमाडौं । मंगलबार सरकारले राष्ट्रिय शोकको घोषणा पारित गरेको छ ।
हमासले इजरायलमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको शाेकमा सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले साे निर्णय गरेको सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिएकि छिन् ।
बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०-१० लाख राहत दिने निर्णय गरेको पनि मन्त्री शर्माले बताइन् ।
इजरायलका द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपालीलाई यथाशीघ्र ल्याउन काम गर्ने निर्णय गरेको समेत जानकारी दिएकि छिन् ।







