ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

अभिभावक पढाउंदै रोङ गाउंपालिका

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० अशोज २३ गते, १३:०१ बजे
अभिभावक पढाउंदै रोङ गाउंपालिका
18
SHARES
Share on FacebookShare on Twitter

इलाम। सामुदायिक विद्यालयका अभिभावकलाई शिक्षा दिने उद्देश्यले इलामको रोङ गाउँपालिकाले सुरु गर्न लागेको अभिभावक शिक्षा कार्यक्रमलाई तीव्र रूपमा अघि बढाइएको छ । गाउँपालिकाले अभिभावक शिक्षाका लागि सहजकर्ता छनोट प्रक्रिया अघि बढाएको हो । सहजकर्ता नियुक्तिका लागि सात दिने सूचना जारी गरिसकेको गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेलले जानकारी दिइन् ।

अभिभावक शिक्षालाई प्रभावकारी बनाउन कार्यपालिका बैठकले ुअभिभावक शिक्षा संचालन कार्यविधिु समेत स्वीकृत गरिसकेको उनले बताइन् ।सोही कार्यविधिअनुसार सहजकर्ताका लागि आवेदन आह्वान गरिएको गाउँपालिकाले जनाएको छ । सहजकर्ताका लागि १५ जनाले आवेदन दिएको गाउँपालिकाले जनाएको छ । उनीहरूलाई चाँडै तालिमको व्यवस्थापन गरिने गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले बताए ।तालिमपछि सचेतनामूलक कार्यक्रम अघि बढाइने उनको भनाइ छ । शिक्षाको गुणस्तर सुधारको लागि अभिभावकको भूमिका महत्त्वपूर्ण रहन्छ । त्यही कारण अभिभावक शिक्षा लागू गर्न लागेका हौँ, उनले भने ।

सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि शिक्षा दिवसकै दिन ुअभिभावक शिक्षाु लागू गर्ने घोषणाा गरेको थियो । जसअन्तर्गत गाउँपालिकाले अभिभावकलाई विद्यालयमै बोलाएर पढाउने योजना बनाएको छ । सामुदायिक विद्यालयका विद्यार्थीका अभिभावकलाई महिनाको एक दिन विद्यालयमै ल्याइएर पढाइने गाउँपालिकाले जनाएको छ । त्यस दिन कक्षा आठभन्दा माथिका विद्यार्थीले भने घरमा बसेर अभिभावकले गर्ने काम गर्नुपर्नेछ । ‘महिनामा एक दिन अभिभावकलाई शिक्षा सुधारमा अभिभावकको भूमिका, शिक्षाको महत्व, बाल स्याहार, बाल विकास, शिक्षा र संस्कार पढाउँछौँ,’ रोङ अध्यक्ष स्याङ्बोले भने, ‘विद्यार्थीलाई त्यस दिन घरको काम लगाउँदा व्यावहारिक ज्ञान पाउँछन् ।

आफूलाई विद्यालय पढाउँदा बुबा–आमाले कति दुःख गर्दा रहेछन् भन्ने बुझ्छन् ।’यो कार्यक्रम लागू भएपछि जानाजान अभिभावक शिक्षामा सहभागी नहुने अभिभावकको वडाबाट हुने सम्पूर्ण सिफारिस रोक्ने पनि कार्यविधिमा उल्लेख छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist