इलाम। रोजगारीका लागि इलामबाट भारतको सिक्किम गएका १० नेपाली सम्पर्क बिहिन भएपछि परिवार चिन्तित भएका छन ।असोज १७ गते टिस्टा नदीमा आएको बाढीपछि सम्पर्कबिहिन भएका उनिहरुको खोजी गरिदिन पनि परिवारजनले आग्रह गरेका छन । इलाम नगरपालिका–९ बाट सिक्किम गएका नेपालीहरु गत असोज १६ देखि सम्पर्कविहिन भएका छन ।
काम गर्न गएका उनीहरु असोज १७ गते टिस्टा नदीमा आएको बाढीपछि बेपत्ता भएको हुन सक्ने आसंका उव्जिएपछि परिवार तनावमा परेका हुन । स्थानीय विक्रमबाबु फियाकले टिष्टामा आएको बाढीपछि उनीहरु आफन्तसँग सम्पर्कविहीन भएको जानकारी दिनुभयो ।
बेपत्ता हुनेहरुमा इलाम नगरपालिका–९ का सानु भनिने सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुशी बस्नेत, कुमार बस्नेत लगायतका रहेको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । दुइजना बेपता रहेको कुरामा आफु जानकार रहेपनि अन्यका बारेमा अन्यको विषयमा पछिल्लो समयमात्र जानकारी प्राप्त भएको भन्दै उहाँले त्यसबारेमा सिक्किमका मिडियामा खबर गरिसकेको बताउनुभयो ।
बाढीका कारण त्यस स्थानमा पुग्न नसक्ने, टेलिफोन, विद्युत् सबै अवरुद्ध भएको कारण कसैसँग सम्पर्क स्थापित हुन नसकेको आसंका गरिएको छ । इलामका प्रमुख जिल्ला अधिकारीले त्यहाँका सुरक्षाकर्मीसँग कुराकानी भइरहेको र भारतीय पक्षसमेत लागेर अवस्था पत्ता लगाउने प्रयास भइरहेको बताउनुभएको छ ।