बिनु खड्का इलाम। इलामको माईजोगमाई गाउंपालीका १ लप्सिबोटेका सरण तामाङ बिहानै देखि फूलको स्याहारमा लाग्छन । उनीले आफ्नो बगानमा एक सय भन्दा बढि प्रजातिका फूलहरु रोपेका छन । उनी त्यहि फूलहरुको गोडमेल र स्याहारमा दिन बिताउने गर्छन । उनी भन्छन नर्सरीमा काम गर्दा सबै थकान भुलिन्छ । उनले नेपालको बिभिन्न नर्सरीहरु तथा भारत बाट पनि धेरै प्रजातिका फूलका बिरुवाहरु ल्याएर आफ्नो नर्सरीमा लगाएका छन ।
उनको बगानमा क्याक्टस प्रजातिका बिरुवाहरु स्नेक प्लान्ट,कम्मल फूल ,सप्लेन्ट लगायत बिभिन्न बिरुािहरु रहेका छन । उनी आफ्ना नर्सरीको बिरुवाहरु बिभिन्न बजारहरुमा बिक्रि गर्दै आए पनि राम्रो बजारको अभाव भएको बताउछन । फूलहरुलाई हुर्काउन धेरै मेहेनत गर्नु पर्ने भएकोले समय पनि धेरे खर्च हुने बताउंछन । फूलहरुको बिक्रि गर्न समस्या भए पछि उनको खर्च नै नधान्ने धौ धौ पर्ने अवस्था बताउछन ।
उनको बगानमा १५ हजार सम्म पर्ने फूलका बिरुवाहरु छन तर बिक्रि गर्न समस्या भएको उनी बताउछन । युवाहरु बिदेशीरहेको समयमा उनी नेपालमा नै गर्दा हुन्छ भन्ने उदाहरण त बने तर भएका बिरुवाहरुको बजार नपाउंदा उनीमा निरासा पनि उत्पन्न हुन थालेको उनी बताउछन । नेपालमा युवाहरु बिदेशी रहेको बेला युवाहरुले नेपालमै यस्ता कार्य गर्दै गर्दा स्थानीय सरकारले पनि युवाहको कामको प्रत्साहन गर्ने हो भने नेपालमै युवाहरु स्रोवगार बन्न सक्ने थिए कि ?