इलाम । आउंदै गरेको चाडपर्व दशैं तिहार र छठ पर्वलाई प्रभावकारी शान्ति सूरक्षा कायम गर्न इलाममा एकिकृत चाडपर्व सूरक्षा योजना २०८० कार्यन्वयनमा आउने भएको छ । प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति इलामको बैठकले चाडपर्वमा हुन सक्ने क्षतिलाई न्युनिकरण गर्नको लागी उक्त सूरक्षा योजना कार्यन्वयनमा ल्याएको बताएको छ । उक्त सूरक्षा योजना अनुसार नेपाल प्रहरी सशस्त्र प्रहरीका जम्मा ८२५ जनशक्ति परीचालन गरीने भएको छ । त्यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीका एस पि को कमाण्डमा २ वटा कमाण्ड पोष्ट रहने छ ।
तत्काल परिचालन हुन सक्ने गरी ५० वटा क्विक रेस्पोन्स टिम तैनाथ रहने मोबाईल गस्ति ५ वटा पैदल गस्ति ४३ वटा रहने प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए । त्यसै गरी राजमार्ग र सिमा नाकाहरुमा १५ वटा भन्दा बढि चेक प्वाइन्ट संचालनान रहने छन । पोख्रेलका अनुसार राजमार्गमा ३ वटा स्कर्टिङ टोलि परिचालन हुने छ भने सुरक्षा संवेदनशिल १६ स्थानमा पिकेट खडा गरीने छ । नेपालीहरुको महान पर्व बडा शशैं तिहार र छठ पर्वको समयमा जिल्लामा हुने समस्याहरुलाई न्युनिकरण गर्दै सम्पूर्ण इलामेलिहरुलाई सम्यम रही चाड पर्व मनाउन पनि प्रमुख जिल्ला अधिकारी पोख्रेलले अनुरोध गरेका छन ।