इलाम । जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा पुरस्कृत भानुभक्त माध्यमिक विद्यालयले विहिबार विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई करिव दश लाख नगद सहित छात्रबृत्ति प्रदान गरेको छ । विहिबार आयोजना भएको छात्रबृत्ति वितरण तथा विद्यार्थी शिक्षक सम्मान कार्यक्रममा छात्रबृत्ति प्रदान गरिएको हो ।
देउमाई नगरपालिकाबाट प्राविधिक धार तर्फका प्रत्येक कक्षाका उत्कृष्ट नौ जनालाई २५ हजारका दरले उपलव्ध नौ लाख रुपैयाँ छात्रबृत्ति सहित उपलव्ध गराइएको हो । प्रमुख अतिथि नगरका प्रमुख प्रशासकिय अधिकृत हरि बहादुर दाहाल सहित विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाशचन्द्र खनाल, विद्यालयका प्र अ बासुदेव कट्टेल, शिक्षा समन्वय इकाइका अधिृत अम्बिका खनाल समेतका व्यक्तित्वहरुले विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्नुभयो ।
यस्तै एस इ इ परिक्षामा विद्यालयबाट जिल्ला प्रथम सहित अंक ल्याएका उत्कृष्ट विद्यार्थीहरु ३० जनालाई पुरस्कृत गरिएको छ । कक्षा ८ मा नगर प्रथम द्धितिय हुने छात्र छात्रा लगायत १४ जनालाई पुरस्कृत गरिएको थियो । यसैगरी कक्षा १२ मा जिल्लाकै उत्कृष्ट जिपिए ल्याउने विद्यार्थी सहित १३ जनालाई पुरस्कृत गरिएको थियो ।
यस्तै कक्षा नर्सरी देखि कक्षा १२ सम्मका प्रथम द्धितीय र तृतीय विद्यार्थीलाई पुरस्कृत गरिएको थिया । उत्कृष्ट शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो । शिक्षकहरु प्रेमसागर नेपाल र टंक आचार्यले आफ्नो विषयमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप व्यक्तिगत रुपमा नगद पुरस्कार प्रदान गर्नुभयो ।देउमाई वडा ८ का वडाध्यक्ष चन्द्र मगरले प्राविधिक धार तर्फ दुइ जना विद्यार्थीलाई चार वर्ष सम्म अध्यापन खर्च व्यहोर्नुभएकोले उहाँलाई पनि विद्यालयले सम्मान गरेको जनाएको छ । कार्यक्रममा विद्यार्थीहरुले लोक दोहोरी, संगीनी नाच र साँस्कृतिक नृत्य प्रदर्शन गरेका थिए ।
प्रदेश सरकारबाट समेत उत्कृष्ट पुरस्कार पाउन सफल देउमाई नगरपालिका ४ को मंगलबारेमा रहेको भानुभक्त माध्यमिक विद्यालयमा स्मार्ट कक्षा सहित प्राविधिक धार तर्फ सिभिल इञ्जिनियरीड. कक्षा संचालित रहेको छ । नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने विद्यालयमा प्रअको कोठाबाट सवै कोठामा निगरानी अडियो भिडियो सहित
सहितको कक्षा व्यवस्थापन गरिएको छ । खेलकुदका लागि एकै पटकमा ६० जना विद्यार्थीहरु खेलको माध्यमबाट सिकाइ अभ्यास गर्न खेलघरको निर्माण गरिएको छ । प्राथमिक तहको कक्षा नर्सरीबाट कक्षा ५ सम्म कक्षा शिक्षकको व्यवस्थापन गरिएको छ । यस्तै इ जोन र इ लाइब्रेरी व्यवस्थापन गरिएको छ ।उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा संचालन गर्न विद्यालय शिक्षक तथा कर्मचारीहरुबाट विहान बेलुकाको समयमा समेत निशुल्क अध्ययन अध्यापनका कार्यमा उच्च सहयोग पुर्याएको प्रधानाध्यापक बासुदेव कट्टेलले बताउनुभयो ।