भीमकुमार बाँस्कोटा
फिदिम । पाँचथरको याङवरक गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङदेनले आइतबार कार्यालय सहयोगी छत्र सुबेदीलाई कुटकपिट गरे । स्वास्थ्य शाखामा कार्यरत एक महिला कर्मचारीसँगको सम्बन्धलाई जोडेर म्यासेजबाट ब्ल्याकमेलिङ गरेको भन्दै पालिकाको क्वाटरमा बोलाएर लिङ्देनले सुबेदीलाई कुटेका थिए ।
लिङ्देनको निर्मम कुटाईबाट सुबेदीको दाया आँखाको डिलमा चोट लाग्यो । उनी रगतपच्छे भए । लिङ्देनको मुक्का प्रहारबाट सुबेदीको अनुहार पनि सुनिएको थियो । घाईते सुबेदी उपचारका लागि पाँचथर अस्पताल भर्ना भए । चिकित्सकले सुबेदीको चोटमा तीन टाँका लगाईदिए ।
उक्त घटनाको बिषयमा बिभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भए । घटना सामसुम पार्न पालिकाको सारा शक्ति लाग्यो । तर, घटना सामसुम पार्नभन्दा पहिले पीडित सुबेदीले म ९भिम कुमार बाँस्कोटा० र प्रेस चौतारी पाँचथरका रबिन्द्र काफ्लेलाई घटनाको बिवरण दिएका थिए ।
अरु पत्रकार साथीहरुले पनि लिए होला सायद । त्यो बिषय उहाँहरुको क्रियाशिलतामा भर पर्छ । अन्य स्रोतबाट पनि बिवरणहरु आएका छन् । प्राप्त प्रमाणहरुको आधामा थप कलम चल्दै जानेछ ।
उता घटनाको बिषयमा चासो राख्ने पत्रकारहरुले लिङ्देन सहित पालिका अध्यक्ष भिम बहादुर योङ्या र उपाध्यक्ष बाबा मेनेङ्बोलाई निरन्तर फोन गरे । उनीहरु फोन सम्बादमा रहन चाहेनन् । फोन उठाएपनि नबुझिएको नाटक गरे । त्यति मात्र हैन फिदिम आउँदै छौँ, भेटेरै कुरा गरौला भनेर पन्छिने कोशिस गरे ।
घटना सामसुम पार्न सोमबार फिदिम आएका अध्यक्ष योङ्या, उपाध्यक्ष मेनेङ्बो र अधिकृत लिङ्देनले जिल्ला समन्वय समितिको कार्यालयलाई उपयुक्त स्थान ठाने ।
पीडित सुबेदीका बुवा जिससमा कर्मचारीको रुपमा कार्यरत छन् । सोही नाताले हुनसक्छ जिसस घटना सामसुम पार्ने उपयुक्त थलो बन्यो ।
सोमबार जिससमा बैठक बसेर घटनाको मौखिक मिलापत्र गरे । अधिकृतलाई माफ माग्न लगाईयो । पीडित सुबेदीको जागिर कायम राख्ने अध्यक्ष, उपाध्यक्ष लगायतले बचन दिए । मिलाउन बसेका भलाद्मीहरुले रगतपच्छे हुनेगरी कुटपिट गरेको घटनालाई सामान्य करार गरिदिए ।
कुटपिटको कारक तत्व ‘म्यासेज’ गौण राखियो । अर्थात् म्यासेज प्रकरणलाई ढाकछोप गर्ने कसरत हुदैछ । घटनाको कारक तत्व ‘म्यासेज’ लुकाउन खोजिएपछि हामी ९पत्रकारहरु० त्यो बिषयमा थप खोजी गर्न थाल्यौ ।
घटनालाई सामान्य करार गरेर मिलापत्र गरेपछि गाँउपालिकाको टोलीले पीडित सुबेदीलाई लिएर गयो । त्यसपछि उनलाई पत्रकारहरुसँग भेट्न दिईएन । पीडितलाई दबाब, प्रभाव र प्रलोभनमा पारेर प्रकरण सामसुम पारेपछि सोमबार पालिकाले घटना सामान्य भएको भन्दै बिज्ञप्तिमार्फत गर्जियो ।
अध्यक्ष योङ्या र उपाध्यक्ष मेनेङ्बोद्वारा हस्ताक्षरित बिज्ञप्तिमा सामान्य घटनालाई सञ्चार माध्यम र सामाजिक सञ्जालको माध्यमबाट अतिरञ्जित गरिएको उल्लेख छ । उक्त कुराले गाँउपालिकाको मानमर्दन भएको बिज्ञप्तिमा उल्लेख छ ।
लुकाउने र खोतल्ने बीचको संघर्ष नै पत्रकारीता हो । यही मान्यताबाट दिक्षित म एउटा पत्रकार हो । त्यसैले लुकाउन खोजिएको बिषयमा खोजी गर्नुपर्ने मेरो जिम्मेवारी सहितको कर्तव्य हो । यो प्रकरणले उब्जाएका दर्जनौ प्रश्नहरुको जवाफ खोज्न म लागि परे ।
के थियो म्यासेज रु आफ्नै कर्मचारीलाई मुक्का प्रहार गर्न बाध्य बनाउने म्यासेज कस्तो थियो रु म्यासेज लुकाउनुपर्ने कारण के हो रु दुई पक्षलाई मिलाउँदा म्यासेको बिषयमा छलफल भयो कि भएन रु यी र यस्ता प्रश्नहरुको जावफ खोज्नु पत्रकारको व्यवसायिक धर्म हो ।
दर्जनौ प्रश्नहरु दिमागमा बोकेर स्थलगत रिपोर्टिङका लागि मंगलबार म याङवरक गाँउपालिका जाने नीधो गरे । स्थलगत रिपोर्टिङप्रति मेरो एक प्रकारको तिर्खा छ । स्थलगत रिपोर्टिङबाट रहस्यमा रहेका घटनाहरुको थप तथ्य र प्रमाणहरु भेट्न सकिन्छ । यथार्थको नजिक पुग्न सकिन्छ ।
सोमबार दिउँसो करिब २ बजे पालिकाको कार्यालय पुग्दा सुनसान थियो । कार्यालयको प्राङ्गणमा १०÷१५ वटा कुर्सीहरु थिए ।
सबैभन्दा पहिले अधिकृत लिङ्देनको कार्यकक्षमा छिरे । कोही थिएन । सबै शाखा चहारे । कोही भेटिन । भित्रबाट ढोकामा आईपुगेपछि बाहिरको एउटा कुर्सीमा एकजना महिला कर्मचारीलाई देखेँ । ‘सरहरु सबै कार्यक्रममा जानु भा छ,’ मैले सोधेपछि उनले जवाफ दिइन् ।
बहिर आएर एउटा कुर्सीमा झोला राखे । अर्को कुर्सीमा म बसे । अध्यक्षलाई फोन लगाए । फोन उठेन । त्यतिकैमा अर्का एक कर्माचारी हेल्लो भिम सर भन्दै आईपुगे । हामीबीच एकैछिन हेल्लोहाई चल्यो । डीबी नाम गरेका ति कर्मचारीसँग मेरो पुरानै चिनजान हो ।
‘अध्यक्ष ज्यू कता जानुभा छ रु फोन उठाउनु भएन,’ उनलाई मैले सोधे ।
‘कोठामा हुनुहुन्छ रे,’ उनले जवाफ दिए ।
त्यसपछि मैले अधिकृत लिङ्देनलाई फोन गरे । ‘म कार्यक्रममा छु, १० मिनेटमा आइपुग्छु,’ फोन संवादमा अधिकृत लिङदेनले जवाफ दिए ।
यतिकैमा अध्यक्ष योङ्याको फोन डीबी ९म सँग भएका कर्मचारी० लाई आयो । ‘अध्यक्षलाई लिन जानुपर्ने भो,’ उनी बाईक लिएर गए ।
केही समयमा अध्यक्ष आईपुगे । मैले कुर्सीबाट उठेर नमस्कार गरे । अध्यक्षले अर्कोपट्टी फकिएर एक हात उठाएर अप्ठ्यारो गरी नमस्कार थापे ।
उनी सरासर आफ्नो कार्यकक्षमा छिरे । झोला बोकेर म अध्यक्षको पछि पछि कार्यकक्षमा छिरे । छिर्दै गर्दा मैले मेरो परिचय दिए । मेरो नाम, मेरो पेशा र म आबद्ध सञ्चारमाध्यमको बारेमा अध्यक्षलाई बताए ।
अध्यक्षको टेबल अगाडी दुई वटा कालो कुर्सी थिए । अरु सोफाहरु पनि थिए । दुई कालो कुर्सीमध्ये एउटामा झोला बिसाए । अर्को कुर्सीमा म बसे ।
‘म तपाईँलाई चिन्दिन,’ अध्यक्षले भने ।
‘म तपाईँलाई राम्ररी चिन्छु अध्यक्ष ज्यु,’ मैले हाँस्दै भने ‘व्यक्तिगत रुपमा नचिनेर के भो र प्रोफेसनल सम्बन्ध नै राम्रो हुन्छ ।’
‘पालिकासँग जोडिएको घटना सार्बजनिक भा छ,’ केही समयको संवादहिनतापछि मैले भने ‘सार्बजनिक रुपमा प्रश्न खडा भएपछि सोध्न आएको अध्यक्ष ज्यू ।’
‘के घटना रु,’ अध्यक्षले प्रश्न गरे ।
‘कर्मचारी कुटपिट र त्योसँग सम्बन्धित अन्य कुरा पनि छन्,’ मैले जवाफ दिए ।
‘हाकिमसँग सोध्नुहोस्, म जवाफ दिन्न,’ अध्यक्षको बोली कड्कीन थाल्यो ।
‘हैन अध्यक्ष ज्यू, तपाई पालिकाको जिम्मेवार मान्छे, तपाईँले पनि जवाफ दिनुपर्छ,’ मैले भने ‘हाकिमलाई पनि प्रश्न छन्, तपाईँलाई पनि छन् ।’
यति सम्बाद भएपछि मैले झोलाबाट क्यामरा झिक्न खोजे । अध्यक्षले क्यामरा नझिक्न भने । ‘तपाईलाई म चिन्दिन, तपाईँ को हो रु,’ अध्यक्षको गर्जन थियो ‘क्यामरा ननिकाल्नुहोस् ।’
मैले आफ्नो थप परिचय दिदै झोलाबाट क्यामरा झिके ।
‘क्यामार किन निकालेको, तल राख,’ उनले भने ।
‘अनुमति बिना म खिच्दिन,’ क्यामरा घाँटीमा झुडाउँदै मैले भने ।
त्यसपछि अध्यक्षको हर्कत सुरु भयो । क्यामरा किन झिकेको रु म प्रश्नको जवाफ दिन्न रु तपाईँको को हो र जवाफ दिनुपर्ने रु,’ उनले टेबल ठोक्दै भने ‘पर जानुहोस् ।’
अध्यक्षको कार्यकक्षमा अधिकृत लिङ्देन, कर्मचारी सुवर्ण केदम र प्रहरीहरु पनि पुगेका थिए ।
अध्यक्ष कहिले उठेर कराउँथे त कहिले बसेर । कहिले यताउति हिड्थे अनि टेबल ठोक्थे । उनले यस्तै गरी हर्कत देखाईरहे । निकै हर्कत गरेपछि उनी जवाफ दिन्न भनेर कार्यकक्षबाट बाहिरिए ।
‘क्यामरासँग किन त्रास रु प्रश्नसँग किन डर रु पत्रकारप्रति किन यस्तो व्यवहार रु,’ उनको हर्कतको सामना गर्दा मेरो मनमा प्रश्न उब्जिए ‘पक्कै पनि थप रहस्यहरु हुनुपर्छ ।,’ हो थप रहस्य हुनैपर्छ । थप प्रकरण रहस्यमा छन् ।
अध्यक्षका थप हर्कत छन् । अध्यक्षको बिषयमा प्रेस चौतारी नेपाल पाँचथरका पूर्ब अध्यक्ष युधिष्ठिरराज आमगाँइले लेखेको फेसबुक स्ट्याटले पुष्टि गर्छ । आमगाँईले फेसबुकमा लेखेका छन् ‘याङवरकमा छत्रभाई कुटिएको र पाँचथर अस्पतालमा भर्ना भएको घटना के हो रु त्यहाँको अध्यक्ष सुबास योङ्या त पहिले पनि बालिकाको यौन दुराचारीमा परेको र पार्टीले जोगाएको थाहा नै छ ।’ आमगाईको यो स्ट्याटसले उनी यौन दुराचारमा माहिर छन् भन्ने कुरालाई इङ्गीत गर्छ ।
अध्यक्षको हर्कतका सामु मैले आफ्नो परिचय दिईरहे । ‘म प्रश्न सोध्न आएको तपाईंले जावफ दिनुपर्छ,’ मैले भनिरहे । अध्यक्ष भएर पालिकासँग जोडिएका सवालमा उठेका प्रश्नको सामना गनुपर्छ भनेर सुझाब दिए । प्रश्नको जावाफ दिन अनुरोध गरिरहे ।
घटनाको बिषयमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले बिज्ञप्ति जारी गरेर अध्यक्षको हर्कतप्रति खेत प्रकट गरेको छ तर, अध्यक्ष योङ्याले बिज्ञप्ति जारी गर्दै पत्रकार भिम बाँस्कोटाले हर्कत गरेको । मर्यादा पालन नगरेको लगायतका आरोप लगाएका छन् ।
समाचार संकलनका लागि कार्यकक्षमा पुगेको एउटा पत्रकारमाथी गाँउपालिका अध्यक्षले यस्तो व्यवहार गर्छन भने सर्बसाधारण जनतामाथि कस्तो हर्कत गर्लान् रु प्रश्नको जवाफ खोजिरहनेछु ।