ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका हौं, आङ्बोले पुरानो हस्ताक्षर दुरुपयोग गरेः काँग्रेस सांसद राई

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० अशोज २६ गते, १५:५५ बजे
कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका हौं, आङ्बोले पुरानो हस्ताक्षर दुरुपयोग गरेः काँग्रेस सांसद राई
19
SHARES
Share on FacebookShare on Twitter

झापा। नेपाली काँग्रेसका कोशी प्रदेश सांसद समसेर राईले प्रदेशको मुख्यमन्त्री केदार कार्की नै हुने दाबी गर्नु भयो । संविधानको धारा १६८ को उपधारा ५ अनुसारको सरकार गठनमा प्रत्येक सांसद स्वतन्त्र भएर मुख्यमन्त्री छान्न पाउने अवस्था भएकाले काँग्रेस नेता केदार कार्कीसंग मात्रै बहुमत प्रदेशसभा सदस्य रहेकाले वहाँ नै मुख्यमन्त्री हुने सांसद राईले बताउनुभयो । ‘हामीले केदार कार्कीलाई नै मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख समक्ष हस्ताक्षर बुझाएका हौं,’ राईले भन्नुभयो, ‘तर हामीले अघिल्लो सरकार बनाउन गरेको हस्ताक्षरको दुरुपयोग गरी माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन प्रस्तुत गरेको थाहा पाइयो त्यस प्रति हाम्रो गम्भिर आपत्ती छ ।’

आङ्बोलाई मुख्यमन्त्री बनाउन आफुहरुको पुरानो हस्ताक्षर दुरुपयोग गरेको बिषयमा प्रदेश प्रमुख परशुराम खापुङसमक्ष उपस्थीत भएर लिखित जानकारी गराई सकेको राईले बताउनु भयो । इलाम क्षेत्र नं। १ ख० बाट निर्वाचित काँग्रेस सांसद राईले भन्नुभयो, ‘मसहित नेपाली काँग्रेसका ८ जना सांसदले आङ्बोलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेकै छैन, हामीले आफ्नै पार्टीका केदार कार्कीलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख समक्ष भौतिक रुपमै उपस्थीत भएर हस्ताक्षर गरेका छौं ।’

आङ्बोले काँग्रेसका अधिकाशं सांसदको पुरानै हस्ताक्षर दुरुपयोग गरी मुख्यमन्त्रीका लागि दाबी पेश गरेको राईको जिकिर छ । काँग्रेसका अरु सांसदले पनि आङ्बोलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर दुरुपयोग गरेको बिषयमा आपत्ती जनाईसक्नु भएको छ, राईले भन्नुभयो, ‘अब केदार कार्कीसंग मात्र बहुमत पुग्ने अवस्था भएकाले वहाँनै मुख्यमन्त्री बन्ने निश्चित छ ।’

कार्कीलाई मुख्यमन्त्री बनाउन काँग्रेसका राई समेत रामकुमार खत्री, इन्दिरा थापा, लिलाकुमारी राई, गोबिन्द गिरी, मान बहादुर लिम्बु र सुनिताकुमारी गुरूङले हस्ताक्षर गरेका छन भने नेकपा एमालेका ३९ सांसदले हस्ताक्षर गरेर प्रदेश प्रमुख खापुङलाई बुझाएका छन ।

संविधानको धारा १६८ ९५० अनुसार प्रदेशसभामा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । यसरी सरकार बनाउँदा कुनै पनि सांसदलाई राजनितिक दलको ह्वीप लाग्दैन ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist