इलाम । नेपाली कांग्रेसका सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नु भएको छ ।
सनाखतका लागि आज दिउँसो २ बजेसम्मको समय दिएको भए पनि अहिले नै बहुमत सदस्यहरुले कार्कीको पक्षमा सनाखत गरेपछि समय अगावै कार्कीलाई खापुङले मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो ।