इलाम। कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज आइतबार पद तथा गोपनियताको शपथ लिँदै छन् । उनले सानो आकारको तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेर शपथ लिन लागेका हुन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले कांग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई पद तथा गोपनियताको शपथका लागि आज दिउँसो २ बजेको समय तोकेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
नवनियुक्त मुख्यमन्त्री कार्कीले कांग्रेसबाट विद्रोह गरेर आफूलाई समर्थन गरेकामध्ये एक जना र एमालेबाट एक गरी दुई जना प्रदेश सांसदलाई मन्त्री बनाएर शपथ ग्रहण गर्ने तयारी गरेको स्रोतले जनाएको छ । कांग्रेसका विद्रोही सांसदमध्ये इलामका शम्शेर राई र एमालेबाट दलका उपनेता इलामकै रामबहादुर मगर मन्त्री बन्ने सम्भावना रहेको छ । तर इलामबाट नै दुवैजना मन्त्री हुने अवस्थामा नवनियुक्त मुख्यमन्त्रीले आफ्नो अनुकूल निर्णय लिने सम्भावना समेत रहेको स्रोतले जनाएको छ ।