इलाम। पाचथरमा हाइड्रो पावरमा काम गर्ने क्रममा ढुंगाले लागेर इलामका एक यूवाको मृत्यु भएको छ । हिलिहाङ गाउंपालिका १ मा रहेको काबेली ए जलबिद्युत आयोजनामा काम गरी रहेको क्रममा माथि बाट ढुंगा झरेर लाग्दा इलाम देउमाई नगरपालिकाका अन्दाजी २५ वर्षिय भुपाल मगरको मृत्यु भएको हो । १० जना श्रमिकहरु काम गरीरहेको क्रममा माथि बाट ढुंगा खसेर लाग्दा मगरको घट्नास्थलमै मृत्यु भएको थियो भने अरु भागेर ज्यान जोगाएका थिए । घट्ना पछि परिवारलाई सम्पर्क गरी सवलाई पोसमार्टमको लागि जिल्ला अस्पताल पांचथर ल्याईएको जिल्ला प्रहरी कार्यलय पांचथरले जनाएको छ ।