इलाम। जिल्ला प्रहरी कार्यालय इलामले ६८ औं प्रहरी दिवश एक समारोहका बिच कार्यक्रम सम्पन्न गरेको छ ।जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक वासुदेव खतिवडाको अध्यक्षता तथा इलाम जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद कोईरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थापित अमर प्रहरी स्मारकमा पुस्पगुच्छा चढाई बिर अमर प्रहरीहरु प्रति श्रद्धाञ्जली अर्पण गरीएको थियो । त्थस्तै प्रहरी कामकार्वाहीमा उत्कृष्ट भुमिका निर्वाह गरी आफुलाई सुम्पिएको पदीय जिम्मेवारी प्रसंशनीय तवरबाट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई पुस्कृत समेत गरीएको छ ।
इलाका प्रहरी कार्यालय पशुपतिनगर इलाम प्रमुख प्रहरी निरीक्षक बिष्णु बहादुर खड्का,प्रहरी बरीष्ठ नायव निरीक्षक भोज कुमार रंजितकार,प्रहरी नायव निरीक्षक तारा कटुवाल, प्रहरी नायव निरीक्षक चन्द्र लिम्बु,प्रहरी सहायक निरीक्षक मन्जु चौधरी, प्रहरी सहायक निरीक्षक जोशन तामाङ,प्रहरी वरीष्ट हवल्दार बिजय राई,प्रहरी हवल्दार पुष्प भट्टराई,प्रहरी हवल्दार रिद्धि खनाल, प्रहरी हवल्दार,गोपाल राई,प्रहरी सहायक हवल्दार सन्जय माबोहाङ लिम्बु,प्रहरी सहायक हवल्दार,राजेश श्रेष्ठर प्रहरी जवान यमुना पोखरेल पुस्कृत भएका थिए ।त्यस्तै प्रहरी दिवसकै अवसरमा समुदायमा नेपाल प्रहरीको भुमिका निबन्ध प्रतियोगितमा इलाम जिल्लाको बिभिन्न बिद्यालयहरुबाट १२ जना बिद्यार्थीहरु सहभागी भएकोमा नन्द माध्यमिक बिद्यालयका बिद्यार्थी मनिषा पाख्रिन पहिलो,जोति सदन बोडिङ स्कुलका बिद्यार्थी कृपा चाम्लिङ राई दितिय र आदर्श माध्यमिक बिद्यालयका बिद्यार्थी प्रज्ञा न्यौपाने तृतिय भएकोमा ३ नै जना लाई पुस्कृत गरीएको थियो भने अमर प्रहरी कर्मचारीहरुको परिवारलाई जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक वासुदेव खतिवडाले सम्मान गरेका थिए। कार्यैक्रममा जिल्लाका राजनितिक दलहरु, प्रहरी कर्मचारी,पत्रकार तथा सम्पूर्ण सरोकार वालाहरुको उपस्थित रहेको थियो ।







