इलाम । माईभ्याली गोल्डकप प्रतियोगिताको सातौं संस्करण यो वर्ष हुँने भएको छ ।माईभ्याली फूटबल क्लब इलामले मंगलबार पत्रकार सम्मेलन गर्दै आउँदो फागुन २४ गतेदेखि चैत ३ गतेसम्म इलामको ठूला टुँडीखेलमा प्रतियोगिता हुँने जानकारी गराइएको छ । प्रतियोगिता सम्पन्न गर्न ८५ लाख १० हजार खर्च हुने खेल आयोजक फूटबल क्लबले जनाएको छ ।
प्रतियोगितामा १८ लाख ५० हजार नगद पुरस्कारमा खर्च हुनेछ । यसमा विजयी टिमले १० लाख हात पार्नेछ । प्रतियोगितामा दोस्रो हुने टिमले ५ लाख पुरस्कार प्राप्त गर्नेछ । ३ लाख ५० हजार अन्य पुरस्कार स्वरूप वितरण हुने पत्रकार सम्मेलनमा जनाइएको छ । खेल मैदान तयारीमा एक लाख पचास हजार, दर्शकका लागि प्याराफिट बनाउँन बाँस खरिद गर्न पाँच लाख, प्याराफिट, बारबेरा, गेट र मञ्च निर्माण गर्न ४ लाख ५० हजार छुट्याइएको छ ।
खेल सामग्री खरिद गर्न २ लाख र टिम यातायात खर्च १५ लाख लाग्ने अनुमान गरिएको छ । खेलाडी भक्ता बापत २१ लख ६० हजार, आयोजक टिम तयारी ४ लाख, निर्णायक खर्च ३ लाख ५० हजार खर्च लाग्नेछ ।
खेलका समयमा ओषधी उपचारमा एक लाख, प्रमाण पत्र मेडल र खदामा २ लाख, तुल ब्यानर छपाई २ लाख, प्रचारप्रसार एक लाख, सेक्युरीटीमा एक लाख, भोलेन्टियर बल ब्वाइजको खर्च तथा पोशाक खर्च एक लाख र कार्यालय व्यवस्थापन खर्च ३० हजार खर्च छुट्याएको छ ।नेपाल तथा विदेशी दश टिम प्रतियोगितामा भाग लिने खेलको आवश्यक तयारीको काम थालेको क्लबका अध्यक्ष दिनेश काफ्लेले जानकारी गराए ।
खेल सञ्चालनका लागि विभिन्न उपसमिती समेत बनाएको छ । सहभागी टिमहरूको व्यवस्थापन, खेल मैदान तयारी, प्रचार प्रसार, आर्थिक व्यवस्थापन, आयोजक टिम तयारी, होटल व्यवस्थापन, निर्णायक ९रेफ्रि०, अनुशासन, स्वयंसेवक परिचालन, सिजनल टिकट बिक्री, गेटमनी टिकट बिक्री उपसिमी निर्माण गरेको छ । यसका साथै आवश्यकता अनुसार अन्य समिति समेत निर्माण गर्ने जनाइएको छ ।
इलाम नगरपालिकाबाट १० लाख, सूर्योदय, देउमाई र माई नगरपालिकाबाट एक एक लाख खर्च व्यवस्थाप हुँने अनुमान क्लबले गरेको छ । सबै गाउँपालिकाबाट ३ लाख, इलाम नगरपालिकाको सबै वडाबाट ६ लाख, विभिन्न प्रायोजक तथा सह प्रायोजक २० लाख, विभिन्न संघसंस्थाबाट ५ लाख, दाताबाट ५ लाख संकलन गर्ने बताइएको छ ।खेलको समयमा गेटमनी २५ लाख, सिजल टिकट ३ लाख १० हजार, प्रदेश सरकार ५ लाख र हाउजी बिङ्गो खेलबाट ३ लाख संकलन गर्ने योजना रहेको बताइएको छ ।
यसवर्ष पनि नेपाल आर्मी, नेपाल पुलिस, शसस्त्र प्रहरी, मनाङ मस्र्याङ्दी क्बल, थ्री स्टार, मछिन्द्र फूटबल क्लब, झापा ११, विदेशी दुई टिर्म े र आयोजक माईभ्याली फुटबल क्लब गरी १० टिमको सहभागिता रहने क्लबका कोषाध्यक्ष कमल सुवेदीले जानकारी गराएगोल्डकपको प्रथम संस्करण क्लबको स्थापनासँगै २०७१ सालमा भएको थियो । प्रत्येक सालमा सञ्चालन हुँदै आएको खेल कोरोना भइरस कोभिड १९ का कारण लगातार तीन वर्ष स्थगीत थियो ।