काठमाडौं , नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेका दोस्रो पुस्ताका नेताले खुट्टा कमाएर मैदान छाडेको बताउनुभएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै केपी ओलीविरुद्धका लडाईंमा एमालेका दोस्रो पुस्ताका नेताले खुट्टा कमाएर मैदान छाडेको भन्दै तर्क गर्नुभयो ।
ओलीविरुद्धको लडाइँमा ‘अगाडि बढ्नोस् जोसुकैलाई प्रधानमन्त्री बनाए हुन्छ, तर केपी ओलीलाई फाल्नै पर्छ’ भनेका सहकर्मीहरूले आफूलाई छाडेर ओलीतिरै लागेको उहाँले भन्नु भयोे । हिजो ओलीलाई हटाउने कुरामा सहमति भएकाहरुले नै खुट्टा कमाएर आज ओलीकै पक्क्षमा गएको बताउनु भयो ।
अध्यक्ष नेपालले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्ष बन्नुहोस् भन्दै दोस्रो पुस्ताका नेतालाई पार्टीको नेतृत्व सम्हाल्न आह्वान गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न म तयार छु । उहाले भन्नु भयो यो पदको लडाई हैन, यो विचारको लडाई हो, मूल्य र मान्यताको लडाई हो
गलत विचार र प्रवृत्तिसँग सिगोरी खेल्लने सबै ढोका बन्द भएपछि विद्रोह गर्नुपरेको बताउँदै, ओलीमा कुनै सुधारका लक्षण नभएपछि विद्रोह गरेको बताउनुभयो ।
आफ्नो अंहङकारमा अडिक रहेका ओलीले आफ्नो कार्यकालमा कुर्सी जाने डरले दुई÷दुई पटक प्रतिनिधिसभा नै भंग गरेको जानकारी गराउनु भयो ।
एमालेका दोस्रो पुस्ताका नेताले खुट्टा कमाएर मैदान छाडे पनि आफ्नो साथमा भएका कार्यकर्ता सँग मिलेर ओलीविरुद्ध आफूहरूले चलाएको कुनै हालतमा नरोक्ने भन्दै यो अभियान पदको लडाइँ नभई विचार, मूल्य र मान्यताको लडाई बताउनुभयो ।