ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

इलाम सदरमुकामको दशै अन्धकारमै, बजारमा जडान सौर्य बत्ती नबल्दा र सीसी क्यामेरा विग्रँदा सुरक्षा व्यवस्थामा समेत चुनैती

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० कार्तिक २ गते, ९:३८ बजे
इलाम सदरमुकामको दशै अन्धकारमै, बजारमा जडान सौर्य बत्ती नबल्दा र सीसी क्यामेरा विग्रँदा सुरक्षा व्यवस्थामा समेत चुनैती
33
SHARES
Share on FacebookShare on Twitter

इलाम। इलाम बजार क्षेत्रमा जडान गरिएको सौय बत्ती बल्न छोडेको छ । जडान गरिएको सौर्य बत्ती बल्छ छोडे पछि बजार क्षेत्रमा रातको समय आवतजावतमा समस्या भएको छ ।सघन शहरी विकास कार्यक्रम अन्तर्गत इलाम नगरपालिकाको समन्वयमा सहरी विकास कार्यालयले इलाम बजार क्षेत्रमा २०७४ महिना अगाडी सौर्य बत्ती जडान गरेको थियो । जडान गरिएको केहि महिनासम्म त बत्ती राम्रै बलेको थियो ६ महिना नपुग्दै बत्ती बल्न छोेडेको थियो केही महिना मर्मत गरेर बत्ती वालिएको भए पनि अहिले वषौँ देखि इलाम बजार क्षेत्र अन्धकार बनेको छ । अहिले दशैँ तिहारको समयमा बजारमा हाउजीखेलाउने र रातको समयमा सडक अन्धकार भएकाले अपराधिक घटनाहरु बढ्नेमा स्थानीय त्रसित रहेका छन् । सडक अन्धकार भए सँगै सुरक्षा व्यवस्थामा चुनौती थपिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक वासुदेव खतिवडा वताउँछन ।

सथै नगर क्षेत्र भित्र जडान गरिएका सिसि क्यामेरा पनि भिन्न निर्माणको काम गर्दा २२ क्यामेरा मध्ये १५ वटा नचल्ने भएका छन् । बजार क्षेत्रमा सहाना सहरी खानेपानीले जताभावि सडक खेदलेर छोड्नाले समस्या झन बढ्दै गएको छ ।बत्ती नबल्दाको समस्या त छदैछ । अघिकांश सडक बत्ती झिमिक झिमिक गरिरहने भएकाले सवारी चालकलाई समेत समस्या हुने गरेको छ । बत्ती झिमिक झिमक भइरहने भएकाले कतिपय अवस्थामा सवारी दुर्घटना समेत हुने चालक बताउँछन् ।बत्तीको मर्मत संभार गर्न सरोकारवलाले चासो देखाएर सम्झौता गरिएको कम्पनीले मर्मत सम्भार गर्नु पर्ने हुन्छ । तर इलाम नगरले पनि यो अवधिमा खासै चासो देखाएको छैन भने कम्पनीले एक पटक पनि मर्मत संभार गरेको पाइँदैन । जसका कारणले सडकमा जडान गरिएका २ सय बढी सडक सौर्य बत्तीहरू कवाडीमा जाने निश्चित जस्तै बनेको छ ।यता इलाम नगरपालिका नगर प्रमुख केदार थापा भने हामी तत्काल बजारका प्रमुख चौकमा नयाँ सडक वत्ती लगाउन शुरु गर्ने वताउँछन् । नयाँ बत्ती जडान गर्न नगरले वडा नम्बर ७ भित्र अहिले ५ लाख रकम विनियोजन गरेको उनले वताए । नगरले यसरी विभिन्न वहानामा वजेको समेत दहन गर्दै आएको छ । अहिले विद्युत प्रधिकरण सँग समन्वय गरेर नया पोल र वत्ती राख्न लागेको पनि नगर प्रमुख थापाले वताए । पुराना सौर्य बत्तीहरु समेत विस्तारै मर्मत गर्दै जाने उनको भनाई रहेको छ ।उनले भने विद्युतको एवीसी केवुल लगाउँदा धेरै सिसि क्यामेरा खराव भएका हुन त्यसको मर्मतको लागि नगरले काम शुरु गरि सकेको छ ।

इलाम नगरक्षेत्रमा धेरै जसो ठाउँमा सना सहरी खाने पानी आयोजनाले सडकमा खाल्डो पारेर छोड्ने गरेको र त्यसको मर्मतको लागि ठेक्केदारलाई पत्रचार गरिसकेको र काम नसकेसम्म भुक्तानी सम्म नदिने नगर प्रमुख थापाले वताए ।इलाम बजारामा सिप्रदी इनर्जीले एक करोड ८९ लाख ३२ हजार पाँच सय रुपैयाँमा सडक बत्ती जडान गरेको हो । तर, छोटो समयमै सौर्य बत्तीमा समस्या आएपछि कमसल सामग्री प्रयोग भएको स्थानीयवासीले आरोप लगाएका छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist