इलाम । इलामको धार्मिक एवम् पर्यटकिय क्षेत्र माईपोखरीमा त्रि धार्मिक महाउत्सव एवम् श्रीमदभागवत महा पुराण सप्ताह महायज्ञ लाग्ने भएको छ । बिहिबार इलाममा पत्रकार सम्मेलन गर्दै महाउत्सवको तयारीमा जुटेको बताएको छ । इलाम नगरपालिका बाट १५ किलोमिटर दुरीमा रहेको उक्त स्थानमा यहि मंसिर १ गते बाट मंसिर ८ गते सम्म उक्त महाउत्सव हुने भएको हो । उक्त महाउत्सवको लागी बिभिन्न बिभागमा १०१ जना समितिहरु निर्माण गरी अगि बढेको समितिले बताएको छ । महाउत्सवमा लामा धर्म गुरुहरु,हिन्दु धर्म गुरुहरु र किरात धर्म गुरुहरुले प्रबचन दिने छन । माइपोखरीमा पहिला देखि नै भगवानको वास भएको स्थानियहरुले मान्यता दिदै आएका छन । कुनै समस्यामा परेर माईपोखरीमा भाकल गरी माग्यो भने आफ्नो मनोकामना पुरा हुने पनि भनाई छ ।
सन्दपुरमा बिभिन्न पर्यटकिय क्षेत्रहरु रहेका छन त्यसमा माईपोखरीको आफ्नो छुट्टै बिशेषता रहेको कारण माईपोखरीले धामिएक तथा पर्यटनलाई नै ठूलो टेवा दिने र उक्त कार्यमा आन्तरिक तथा बाह्य पर्यटकहरु गरी १० लाख बढि भक्तजनहरु भित्र्याउने उद्धेश्य भिएको प्रचार प्रसार समितिका प्रमुख स्याम कुमार राईले बताएका छन । माइपोखरीको आस्थाको विषयमा नयां पुस्ताहरुलाई जानकारी गराउन नसकिएको अवस्थामा यो कार्यले ठूलो भुमिका खेल्ने र मुलुकको उन्नतीको लागी पर्यटनले महावपूर्ण भुमिका खेलिरहेको अवस्थामा सन्दकपुरको पर्यटन बिकासले सिंगो इलामको आर्थिक अवस्थामा टेवा दिने समितिका सदस्य देबृन्द्र सुबेदिले बताए । उक्त महाउत्सवमा बिभिन्न दाताहरुबाट सहयोग लिने र सन्दकपुर बासिहरुको सहयोगमा सम्पन्न गर्ने आसामा समिति रहेको र यदि नपुगेमा समिति सबै मिलेर सफल बनाउने पनि समितिको भनाई छ ।
देशमा धामिएक द्धन्द भड्कीरहेको समयमा यस्तो कार्यले धार्मिक द्धन्दलाई समाधन गर्न पनि मद्धत पुग्ने समितिका अध्यक्ष प्रेम कुमार राईको भनाई छ । उनका अनुसार इलाममा धार्मिक द्धन्द नहोस भन्ने उद्धेश्यले त्रि धार्मिक महाउत्सवको तयारी भएको हो । त्यस्तै सन्दकपुर गाउंपालिका एक पर्यटकिय पालिका भएको कारण पनि यस्ता कार्य हुनु राम्रो भएको र सन्दकपुर गाउंपालिकाले यो कार्य सफल पार्नको निमित्त सधैं सहयोग गर्ने गाउंपालिकाका अध्यष्क्ष तुलाराम गुरुङले बताए । इलाममा धेरै पर्यटक क्षेधहरु रहेका छन त्यसमा माईपोखरी एक धार्मिक एवम् पर्यटकिय स्थाल हो यसको समयमा प्रतार प्रसार र प्रबर्दनले सिंगो इलामको पर्यटन क्षेत्रहरुको बिकास हुनमा टेवा पुग्ने छ ।