काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सर्वसाधारणलाई दशैंको टीका लगाइदिनु हुने भएको छ ।
आज कात्तिक ७ गते मंगलवार विजया दशमीका दिन राष्ट्रपति पौडेलले विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार दिउँसो २ बजेदेखि अपरान्ह ३ बजेसम्म उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश, मन्त्रीहरू, सांसद, सरकारी कर्मचारी, प्रहरी, सेनाका अधिकारीलाई राष्ट्रपति पौडेलले टीका लगाइदिने बताईएको छ ।
त्यसैगरी, राष्ट्रपति पौडेलले अपरान्ह ३ बजेदेखि साँझ ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने समय निर्धारण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।