झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सामाजिक र आर्थिक रूपमाझापालाई सबल र सक्षम बनाउन अन्तर्राष्ट्रिय झापाली समाजले देखाएको भूमिकामहत्त्वपूर्ण रहेको बताएका छन् । आइतबार बिर्तामोडमा आयोजित अन्तर्राष्ट्रिय झापाली समाजको चौथो महाधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सो कुराबताएका हुन् ।
मुख्यमन्त्री कार्कीले लगानी भित्र्याउन आवश्यक पर्ने कानुन निर्माण गर्दै सँगै हिँड्न प्रदेश सरकार तयार रहेको बताउँदै झापाली समाजलाई ‘डिजाष्टर टुरिजम’ को क्षेत्रमा भन्दानि दिगो विकासका क्षेत्रमाकाम गर्न आग्रह गरे ।
कार्यक्रमका वक्ताहरूले झापाको विकास र समृद्धिका लागि विभिन्न मुलुकमा रहेका झापाली मार्फत लगानी भित्र्याउनुपर्नेमा जोड दिएका छन् । समृद्ध झापा निर्माणमा विश्वभरि छरिएकाझापालीहरू एकजुट हुँदै अघि बढ्ने प्रतिबद्धता जनाएकाउनीहरूले आफूहरूको लगानी सुरक्षित हुनुपर्ने सर्त राखेका छन् ।
हाल विश्वका ४० भन्दा बढी मुलुकमा रहेका नेपालीलाई जोड्दै अन्तर्राष्ट्रिय झापाली समाज गठन भएको र कुनै न कुनै माध्यमबाट झापाको विकासमा लगानी गर्न आफूहरू तत्पर रहेको उनीहरूको भनाइ थियो ।
समाजको महाधिवेशनकाअवसरमा शान्तिनगर स्वास्थ्य चौकी र महाभारा स्वास्थ्य चौकीलाई एक÷एकथानएम्बुलेन्स उपलब्ध गराइएको थियो । जसको चाबीमुख्यमन्त्रीकार्कीले हस्तान्तरण गरेका थिए ।