झापा। झापाको हल्दिबारीमा ९ वर्षीया बालिका बलात्कार गर्ने एकजना पुरुष पक्राउ परेका छन् ।बालिकालाई बलात्कार गरेको आरोपमा हल्दिबारी गाउँपालिका–४ बडाबारी तामाङबस्तीका ४५ वर्षीय डिल्लीकुमार श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ ।
बालिकालाई सोमबार राति घरमा कोही नभएको मौका छोपेर श्रेष्ठले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।