ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

सशस्त्र प्रहरीद्वारा सशस्त्र र नेपाल प्रहरीका २० जनालाई गोताखोर तालिम

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० कार्तिक १८ गते, ७:३८ बजे
सशस्त्र प्रहरीद्वारा सशस्त्र र नेपाल प्रहरीका २० जनालाई गोताखोर तालिम
28
SHARES
Share on FacebookShare on Twitter

इटहरी । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा सम्पन्न तालिमको शुक्रबार उदयपुरको बेलका नगरपालिका क्षेत्रमा पर्ने सप्तकोसी किनारमा डेमो प्रस्तुत गर्दै गोताखोर तालिमको समापन गरिएको छ । सशस्त्र प्रहरी १ नं. बराह बाहिनीले २० जना सशस्त्र प्रहरीलाई गोताखोर तालिममा सहभागी गराएको हो ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार विपद्को बेला सारथी भएर उभिने प्रतिवद्दता ब्यक्त गरेका छन् । उनले भने, ‘नदीलाई सदुपयोग गर्दा यसबाट लाभ लिन सकिन्छ, सही सदुपयोग गर्दा नदी जीवन हो । तर, दुरुपयोग गर्दा नदीले ज्यान पनि लिन्छ ।’

खासगरी विपद्को बेला समाजसेवी धारीले पीडित परिवार र बस्तीमा पुगेर चाउचाउ बाड्ने र फोटो खिचाउने प्रचलन रहेकाले त्यसलाई चिर्नका निम्ति प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए । बाढी, पहिरो लगायतबाट ज्यान जान नदिनका लागि विभिन्न निकाय र जिल्लामा रहेका विपद् व्यवस्थापनसँग सहकार्य गरी काम गर्ने उनको भनाई छ ।

‘विपद् हुनसक्ने ठाउँको नक्साकंन गरियोभने पूर्व तयारी गर्न सकिन्छ,’ उनले भने ।
सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनी कुमार पोखरेलकाअनुसार गत भदौदेखि तालिम सञ्चालन भएको थियो । कूल ३६ दिन भएको तालिममा सहभागीहरुले अब नदीको ७० फिट गहिराईसम्म पुगेर उद्धार गर्न सक्नेछन् । सप्तकोसीको विभिन्न भाग र पोखराको फेवातालमा तालिम सञ्चालन भएको थियो ।


देशभर हुनसक्ने विपद्का घटनामा प्रभावकारी परिचालन गर्ने उदेश्यले जनशक्ति थप गर्नका लागि नेपालमा पहिलोपटक सशस्त्र प्रहरी बल नेपाल १ नं। बराह बाहिनी पकलीले गोताखोर तालिमको अभ्यास गरेको उनले बताए । गोताखोर अभ्यास प्रभावकारी भएको उनको भनाइ छ । गोताखोरले अक्सिजनयुक्त विशिष्ट उपकरणसहित स्थिर तथा निश्चित बहावयुक्त पानीभित्र स्थानअनुसार १८० फिट गहिराईसम्म लगातार एक घण्टा खोज तथा उद्धार गर्न सक्ने उनले बताए ।


कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले कोसीलाई अवसरको रुपमा लिनुपर्ने बताए । ‘यो बगिरहेको पानी नभएर पैसा हो, यो पैसालाई हामीले प्रयोग गर्न सक्नुपर्छ,’ उनले धरानमा खानेपानीको अभाव रहेको संकेत गर्र्दै भने, ‘यहाँ पानी बगिरहेको छ, माथितिर खडेरी भइरहेको छ । खडेरीलाई हरियाली बनाउन पनि सप्तकोसीको पानी त्यतातिर पुग्नुपर्छ ।’
कार्यक्रममा गोताखोर तालिममा सहभागीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।
कार्यक्रममा बेलका नगरपालिकाका मेयर अशोक कार्की, प्रदेश सरकारका सचिव डा. दीपक काफ्ले लगायतले बोल्दै विपद्को समयमा सबै निकायसँग सहकार्य गरी काम गर्ने बताए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist