काठमाडौं । जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्प लगायतका समसामयिक विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ ।
सभापति शेरबहादुर देउवाले आइतबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । बैठक देउवाको निवास धुम्बाराहीमा बस्ने कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।