इलाम।भदौ र असोजमा बिभिन्न मितिमा अपराधिक गतिबिधि गरी फरार रहेका २३ जना प्रतिबादिहरुलाई जिल्ला प्रहरी कार्यलयय इलामले पक्राउ गरेको छ । अदालतबाट दोसि ठहरी कैद तथा जरीवाना तोकिएका २३ जना फरार प्रतिबादिहरुलाई प्रहरीले पक्राउ गरेको हो । इलाम जिल्ला र अन्यत्र लुकिछिपि बसेको अवस्थामा जिल्ला प्रहरी कार्यलय इलामले प्रहरीहरु सादा पोसाकमा परिचालन गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय इलामले बताएको छ ।
पक्राउ पर्नेमा कर्तब्य ज्यान,ज्यान मार्ने उद्योग, जवरजस्ती करणी,बिष्फोटक पदार्थ,चोरी, सवारी ज्यान,वन,बहुविवाह,कुटपिट,घरेलु हिंसा र सार्वजनिक अपराध मुद्दाका प्रतिवादीहरु रहेका छन । उक्त प्रतिबादिहरुलाई अदालतमा बुझाई कारागार चलान गरीएको छ । त्यस्तै जिल्ला प्रहरी कायैलयले बांकि रहेका फरार प्रतिबादिहरुलाई पक्राउ गर्न थप तिब्रता दिइरहेको प्रहरीको भनाई छ । चाडपर्वको समयमा समाजमा अपराधिक घट्ना नघटोस भनि प्रहरी परिचालनलाई तिब्र बनाइरहेको पनि जिल्ला प्रहरी कार्यलय इलामले बताएको छ ।