ADVERTISEMENT

आइसिसी विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलका खेलहरु आजदेखि शुरु

काठमाडौं । भारतमा भइरहेको आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनल चरणका खेलहरु आजदेखि शुरु हुँदैछन् ।

खेल तालिकाअनुसार आज पहिलो सेमिफाइनल खेल हुनेछ भने दोस्रो सेमिफाइनल खेल भोलि हुनेछ । समूह चरणको खेलबाट आयोजक भारत सहित दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्युजिल्यान्ड अन्तिम चारमा प्रवेश गरेका छन् ।

यी टोलिमध्ये आज हुने पहिलो सेमिफाइनल खेलमा भारतले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । यसैगरि भोलि हुने दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका एक आपसमा भिड्दै छन् ।

सेमिफाइनल चरणको खेलबाट दुई टोली फाइनलमा पुग्नेछन् । तीनै दुई टोलीबीचको फाइनल प्रतिस्पर्धाबाट विश्वकप क्रिकेटको विजेता छानिने छ । विश्वकप क्रिकेटको विजेताले ट्रफी र मेडल सहित ४० लाख अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ ।

यसैगरी उपविजेता टोलीले मेडल सहित २० लाख डलर पुरस्कार पाउँछ भने सेमिफाइनल चरणबाट बाहिरिने दुबै टोलीलाई पनि ८ लाख डलर पुरस्कार दिइने छ । आइसिसीले समूह चरणबाटै बाहिरिने प्रत्येक टोलीलाई पनि १ लाख अमेरिकी डलर दिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *



Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist