ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

कोप २८ – यस्ता छन् नेपालले उठाउने एजेण्डा

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० मंसिर ८ गते, १९:४१ बजे
कोप २८ – यस्ता छन् नेपालले उठाउने एजेण्डा
18
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको २८ औँ सम्मेलन अर्थात कोप २८ यहि मङ्सिर १४ गतेदेखि २६ गतेसम्म संयुक्त अरब इमिरेट्समा आयोजना हुँदैछ ।

सम्मेलनको दिन नजिकिदै गर्दा जलबायु परिवर्तनमा योगदान कम तर हानी बढी खेपिरहेको नेपालले आफ्नो तर्फबाट उठाउने एजेण्डालाई अन्तिम रुप दिएको हो ।

कोप २८ सम्मेलनमा पेश गरिने एजेण्डा संकलनका लागि बन तथा वातावरण मन्त्रालयले यही मंसिर ५ गते राष्ट्रिय जलवायु सम्मेलनको आयोजना गरेको थियो ।

उक्त सम्मेलनबाट कोप २८ मा नेपालले खासगरी जलवायु वित्त, अनुकूलन, जलवायुजन्य हानि र नोक्सानीका लागि कोषको व्यवस्थापन, हिमाल र पर्वतीय मुद्दा, उत्सर्जन कटौती र समावेशीता लगायत मुद्दालाई उच्च महत्वका उठाउनु पर्ने सुझाब आएका छन्।

विशेषगरी राष्ट्रिय अनुकूलन योजनाको विस्तृतरुप, कार्वन उत्सर्जनको न्यूनिकरणमा नेपालको योगदान र कोप–२८ को एजेण्डाका बारेमा छलफल गरी एजेण्डाहरु तयार पारिएको बन तथा वातावरण मन्त्रालयले बताएको छ ।

त्यसो त गत मंसिर २ गते सगरमाथा आधार शिविर, कालापथ्थरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले कोप सम्मेलनमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोगभन्दा पनि अधिकारका विषयलाई प्राथमिकताका साथ उठाइने बताउनु भएको छ ।

जलवायु परिवर्तनमा भइरहेको लगानी बढी ऋण केन्द्रित भएकाले यसलाई बदल्दै अनुकूलन, उत्थानशीलता एवं हानि तथा नोक्सानी अवधारणा प्रवर्द्धनमा प्रदान गरिने वित्त अनुदान जलवायु न्यायका रूपमा पाउनु पर्ने सुनिश्चितताको लागि आफुले पहल गर्ने प्रधानमन्त्रीको भनाइ छ ।

विशेषगरी सम्मेलनमा नेपाल कार्बन उत्सर्जनमा न्यून योगदान तर ज्यादा प्रभाव बेहोर्न बाध्य मुलुक रहेकाले जलवायु वित्त सहयोग सहज र न्यायोचित पहुँचमा जोड दिने बताइएको छ । नेपालले कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा थोरै मात्र हिस्सा ओगट्ने गरेको भएपनि जलवायु परिवर्तनको असरको हिस्सा निकै बोझिलो र पेचिलो छ ।

त्यसो त संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले समेत कोप २८ मा नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गत कार्तिकमा भएको नेपाल भ्रमणको अवसरमा महासचिव गुटेरेसले जलवायु परिवर्तनसम्बन्धी सम्मेलन ९कोप–२८०मा स्थानीयका सुझावसहित जलवायुले हिमालमा परेको असरबारे ध्यानाकर्षण गराउने प्रतिवद्धता जनाएका थिए ।

गुटेरेसले विश्वको प्रदूषण वृद्धिमा धनी देशको भूमिका बढी रहेको तर पर्वतीय मुलुकहरुले समस्या भोग्नु परेको भन्दै यस विषयमा गंभिर बन्न र विश्व तापमान बढन नदिन सगरमाथाको आधार शिविरबाट विश्व समुदायलाई आग्रह गरेका थिए ।

बन तथा बातावरण मन्त्रालयका अनुसार कोप–२८ सम्मेलनमा नेपालको पेभेलियनसमेत रहने भएको छ । पहिलो पटक नेपालको आफ्नै पेभेलियन रहने र उक्त पेभेलियनमा दुई दर्जन बढी क्षेत्र र जलवायु वित्त, अनुकूलन, पर्वतीय प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धि, हानिनोक्सानी, लैङ्गिक, युवा, बालबालिका, जलवायु सशक्तीकरणका विषयबारे प्रस्तुति हुने मन्त्रालयले जनाएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist