धनगढी । कैलाली प्रहरीले कुख्यात अपराधी ठहरिएका धनगढीका शेख मुनिर अहमदलाई पक्राउ गरेको छ ।
आज मुनिरलाई कैलाली प्रहरीले पक्राउ गरेको बताइएको छ। लामो समयदेखि फरार रहेका मुनिर जिल्ला प्रशासन कार्यालयमा अचानक फेला परेपछि पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी देवेन्द्रबहादुर पालले एक जनाको गाडी कब्जा गरेको आरोपमा उनलाई अनुसन्धानका पक्राउ गरिएको हो ।
आज उनलाई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ। उनी आज एक पुरानो मुद्दाको छलफलका लागि प्रशासन कार्यालयमा आएकै बेला पक्राउ परेका हुन् ।
उनीविरुद्ध जिप्रका कैलालीमा दर्जनौं मुद्दा दर्ता भएका छन् । कब्जा, ठगी, मिटरब्याज, जग्गा हडपेको, चेक अनादर, अभद्र व्यवहारलगायतका मुद्दा उनीविरुद्ध रहेका छन् ।







