बझाङ । बझाङमा जिप दुर्घटना भएको छ। जिल्लाको छविसपाथिभेरा गाउँपालिका–७ मा आज सुदुरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जिप दुर्घटना भएको हो ।
दुर्घटनामा चालकसहित दुई जना सामान्य घाइते भएका छन् । घाइते भएका दुबै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।






