ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

रौतहटमा ऐतिहासिक दरबारका लागि थाइ राजाले पठाए २.५ करोडको बुद्दको मुर्ति

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० मंसिर १४ गते, ९:१८ बजे
रौतहटमा ऐतिहासिक दरबारका लागि थाइ राजाले पठाए २.५ करोडको बुद्दको मुर्ति
24
SHARES
Share on FacebookShare on Twitter

रौतहट । चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित ऐतिहासिक गोल्मा राजारानीको दरबार क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ ।

थाई सरकारले  सहयोमा गरेको दुई करोड रुपैयाँ को लागतमा यही मंसिर १६ गते वुद्व भगवानको मुर्ति राख्न लागिएको समजसेवी वीर बहादुर रखालले बताए ।

ऐतिहासिक गोल्मा राजारानीको दरबार क्षेत्रमा मुर्ति स्थापना हुन लागेकोमा स्थानीय जनता निकै उत्तसाहित भएको समाजसेवी रखालले बताए । पाँच सय बर्ष अघिको शेनबंशिय राजा गोल्मा राजा रानीको दरबार क्षेत्रमा रहेको टुँडिखेलमा थाई सरकारको सहयोगमा दुई करोड रुपैयाँ पर्ने साँढे ९ फिटको बैरी बिनाश भगवान् बुद्धको मूर्ति स्थापना गरिने भएको खबरले आफु निकै हर्षित भएको चन्द्रपुर नगरपालिकाका नगरप्रमुख संजय कुमार काप्लेले बताए ।

सो क्षेत्रलाई ध्यानकेन्द्रको रुपमा विकास गरिने भएको छ । पुरातात्त्विक महत्त्व बोकेको सो क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न स्थानीयको सहयोगमा गोल्माराजा बौद्ध बिहार जुटेको छ । सो क्षेत्रको विकासमा स्थानीयले श्रमदान गरी बाटो निर्माण गरिसकेका छन् भने जङ्गलको संरक्षण गर्दै विदेशमा रहेका नेपालीहरुले कुटीको निर्माण गरिदिएका छन् । सो क्षेत्रमा बेल र पारिजातका फूलहरु समेत रहेका छन्।

यहि मंसिर १६  गते बैरीबिनाश भगवान् बुद्धको मूर्ति स्थापना हुने भिक्षु मेधंकर स्थबिरले बताए । उनका अनुसार ऐतिहासिक, पुरातात्वीक र किम्बदन्ति महत्त्व रहेको सो क्षेत्रको पहिचान गर्ने मात्र हैन पर्यटकीय  धरोहरको रुपमा रहेको क्षेत्रको संरक्षणमा सबैको एकताको खाचो रहेको बताए । ऐतिहासिक रहेको गोल्माराजाको दरबारको इट्टा लगेर पौराई स्थित ब्रम्हस्थानमा रहेको इनारमा प्रयोग गरिएको छ भने ०११ सालतिर मानव बस्तिको बिस्तार सँगै अलपत्र रहेको सो दरबारको इट्टाको प्रयोग गरी स्थानीयले घर समेत निर्माण गरेको स्थानीयले बताएका छन् ।

भग्नावशेष रहेको दरबारको जीर्णोद्धारमा स्थानीयले जोड दिएका छ । तीनै तहको सरकारबाट ओझेलमा परेको सो क्षेत्रको संरक्षणमा भिक्षु मेधंकर स्थबिरले देखाएको चासोमा स्थानीयको भने सहयोग रहेको स्थानीय गोपाल घिमिरेले बताए । चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित गैरीगाँउबाट आधा घण्टाको उकालोमा दरबारको टुँडिखेल पुगिन्छ भने टुँडिखेलबाट १५ मिनेट ओरालो र उकालो चढेपछि गोल्मा राजारानीको दरबार रहेको स्थानमा पुगिने स्थानीय समीरबाबु कार्कीले बताए ।

दरबार क्षेत्रमा रहेको टुँडिखेलमा गोल्मा राजाको शैनिकले परेड खेल्ने स्थानीय बृढापाकाहरु बताउँछन्  । चन्द्रपुर वडा नम्बर १ का पुर्व अध्यक्ष बिरु रखाल मगरले दरवारको जीर्णोद्धार गरेर सङ्गग्राहलयको रुपमा विकास गर्न सकिने बताए । उनका अनुसार दरबारबाट स्थानीयले पुरानो गोल्कि पैसा, जाँतो, तरवार लगाएतका सामान स्थानीयसँग अझै सुरक्षित रहेको बताए । दरबार रहेको स्थानमा अझै त्यस बेलाको इट्टा, काटिएका ढुङ्गा रहेको छ ।

शेनबंशिय राजा गोल्मा राजा रानीको दरबारको जीर्णोद्धार र टुँडिखेल लाई समेत उपयोग गरेर पर्यटकीय क्षेत्र बनाउन सकिने नगरप्रमुख  काफ्लेले   बताए । प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमलसिनाले गोल्मराजाको दरवारको संरक्षणमा सबै जुटनु पर्ने बताए । दरबारको विषयमा पुरातत्व विभागलाई जानकारी भैसकेको बताउँदै  उनले यसको संरक्षण र प्रबद्धनमा सबैपक्ष जुट्ने हो भने मधेश प्रदेशकै पर्यटकीय गन्तव्य बन्ने सांसद तिमिल्सिनाले  दाबी गरेका छन ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist