इलाम। हरेक बर्ष इलामको माइजोगमाई गाउँपालिकाको नयाँबजारमा माइजोगमाई खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता हुने भएको छ । हरेक बर्ष नयाँबजारमा लाग्दै आएको बालाचतुर्दशि मेलाको अवसरमा आउँदो मंसिर २५ र २६ गते प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता सातवटा खुल्ला, महिला, १६ बर्ष मुनि, इलो १४ सय, भेट्रान, अनरेटेड र माइजोगमाई गाउँपालिका बिधामा हुनेछ ।
स्विस लिगको नियम अनुसार सात राउण्ड खेल हुनेछ । गाउँपालिकाको सहयोग एवं पालिका बुद्धिचाल समितिको आयोजनामा प्रतियोगिता हुनेछ । जसमा खुल्ला तर्फ आठौं स्थान सम्मको पुरस्कार पाउनेछ । पहिलो, दोस्रो, तेस्रोले क्रमश १० हजार, ७ हजार र ५ हजार पाउनेछ भने चौथो देखि आठौं स्थान सम्म हुनेले जनहि ४÷४ हजार पाउनेछ । महिला र १६ बर्ष मुनि बिधाका पहिलो र दोस्रो हुनेले क्रमश ३ हजार र २ हजारका दरले पुरस्कृत हुनेछन् भने इलो १४ सय र भेट्रान पहिलोले ३÷३ हजार तथा अनरेटेड तर्फ पहिलो र दोस्रो हुनेले क्रमश ३ हजार २ हजार प्राप्त गर्नेछन् ।
यसैगरी माइजोगमाई गाउँपालिकातर्फ पहिलो हुनेले ५ हजार, दोस्रोले ४ हजार, तेस्रोले ३ हजार, चौथो र पाँचौले २÷२ हजार पाउनेछन् । यस्तै पालिका तर्फको १६ बर्ष मुनिको पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश ३ हजार, २ हजार र १५ सय रुपैंयाँ पुरस्कार प्राप्त गर्नेछन् । ग्रामिण भेगमा चेस खेलको बिकास गराउने उद्येश्यले यस प्रतियोगिताको आयोजना गर्न लागेको जिल्ला बुद्धिचाल संघका कोषाध्यक्ष श्याम स्याम्बोले बताउनुभयो ।