इलाम । इलामको माइजोगमाई गाउंपालिकाको केन्द्र नयांबजारमा आज देखि बालाचतुर्दशी मेला शुरु भएको छ । धामिइक एवम् पर्यटकिय मेला आज देखि खशुरु भई मंसिर २६ गते सम्म लाग्ने आयोजकले बताएका छन । इलाम जिल्लाको एक पर्यटकिय क्षेत्रको रुपमा बिकास हुंदै गरेको नयांबजारमा बर्षेनि बालाचतुर्दशीको अवसरमा मेला लाग्ने गरेको छ । यो मेलामा स्थानीय स्थरमा उत्पादन हुने वस्तुहरुको प्रदर्शन,स्थानीय खानपान, स्थानीय कला संस्कृति प्रदर्शन गरीने मेला व्यवस्थापन समितिकी अध्यक्ष पुनम गुरुङले बताईन ।
यो मेलामा बालाचर्तुदशीको दिन नयाबजारमा रहेको बालागुरुको मन्दिरमा गएर सतविउ छरेमा मनोकामना पुरा हुने बिस्वासले उक्त दिन सतविउ छर्ने गरीन्छ । मेलामा रमाउन स्थानिय पर्यटक संगै छिमेकी देश भारत बाट पनि धेरै पर्यटकहरु आउने गरेको गुरुङले बताईन । मेलामा आउने पर्यटकहरुले नयाबजार क्षेत्रमा पर्ने बालागुरुको मन्दिर, उत्तरे पोखरी, एसियाकै पुरानो गुम्बा, थुम्केरानी लगायत बिभिन्न चराचुरुङ्गी, लोपउन्मुख रेडपाण्डाहरु संग रमाउने छन ।
थुम्केरानीबाट सूर्योदय र सूर्योस्थको अवलोकन समेत गर्न सकिन्छ । यो मेला २०१३ साल देखि निरनतर लाग्दै आएको र बिचमा कोरोना कहरले बन्द भएको मेला पुन संचालनमा आएको र यो मेलाले माईजोगमाईको पर्यटनलाई ठूलो टेवा दिने पनि मेला आयोजक उपसमितिका सचिव देवि अधिकारीले बताए ।







