इलाम। मङ्सिर स् तमु युवा ह्युल छोँज घीँ दोस्रो महाधिवेशनको तयारी पुरा भएको छ । धीँको केन्द्रीय महाधिवेशन इलाम सदरमुकाममा हुने भएको हो । महाधिवेशन मूल आयोजक समितिले पत्रकार सम्मेलन गर्दै तयारी पुरा भएको जानकारी दिएको छ ।
जसका लागि देशभरिबाट प्रतिनिधि आउने क्रम जारी रहेको महाधिवेशन मूल आयोजक समिति संयोजक हरि गुरुङ ले जानकारी दिए । उनका अनुसार २३ गते उद्घाटन सहित २४ भित्रमा नयाँ कायै समिति चयन गरिने बताइएको छ । महाधिवेशनले तीन वर्षका लागि नयाँ कार्य समिति चयन गर्ने छ ।
तमु ह्युल छोँज घीँ गुरुङ राष्ट्रिय परिषद्को भातृ संस्थाको महाधिवेशन उद्घाटनका लागि महासचिव डम्बर गुरुङको उपस्थिति रहने बताइएको छ । साथै देशभरिबाट एक सय जना प्रतिनिधि इलाम आउने बताइएको छ ।यस अघि ७१ सालमा तनहुँमा प्रथम अधिवेशन भएको थियो ।त्यसयता भूकम्प, कोभिड लगायतका कारण दोस्रो अधिवेशन स्थगित भएको जनाइएको छ ।







