दाङ । सीमा सुरक्षा नागरिकको भरमा थियो । प्रहरी चौकी थिएनन् । प्रहरीहरू मुस्किलले गस्तीमा पुग्थे । सरकार सीमा-सुरक्षामा बेखबर जस्तै थियो । नागरिकहरू जति सीमा क्षेत्रमा बसे, उनीहरूको जोडबलले सीमा सुरक्षा भयो । तर, पछि सरकारले नेपाल-भारत सीमा क्षेत्र दाङ खण्डमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सुरक्षामा खटाउन थाल्यो ।
अहिले जिल्लाको ८३ किलोमिटर लामो क्षेत्रमा सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म, सीमा प्रहरी चौकी र अस्थायी प्रहरी चौकी गरेर १४ वटा सुरक्षा पोष्ट तैनाथ छन् ।
नेपाल प्रहरीका ६ वटा सीमा प्रहरी चौकी रहेका छन् । भारत सरकारले यो सीमा क्षेत्रमा २० वटा सीमा सुरक्षा बल स्थापना गरेको छ भने नेपालको तर्फबाट पनि त्यतिकै मात्रामा सशस्त्र प्रहरीका १४ र नेपाल प्रहरीका ६ गरी २० वटा सीमा प्रहरी चौकी स्थापना गरिएका छन् ।
नेपाल र भारत तर्फको सुरक्षा चौकीहरूको बराबरी उपस्थिति पुगेको छ । भारत सरकारले सीमा सुरक्षामा बाक्लो उपस्थिति देखाउँदा नेपालको अवस्था पातलो थियो ।
तर, केही वर्षको अन्तरालमा नेपालले पनि सीमा सुरक्षामा बलियो उपस्थिति देखाउन सफल भएको छ । हरेक पाँचदेखि सात किलोमिटरको दुरीमा नेपाली सीमा सुरक्षा पोष्टहरू रहेका छन् । सीमा सुरक्षा, सीमा स्तम्भको निगरानी, सीमा क्षेत्रमा हुने अपराध, राजश्व छली, छुहावट नियन्त्रणका लागि प्रभावकारी काम भइरहेको नेपाल सशस्त्र प्रहरी ज्वालामाई गण भालुबाङका प्रमुख एसपी गोपाल प्रसाद श्रेष्ठले जानकारी दिए ।
‘सीमा क्षेत्रमा बलियो उपस्थिति भएको छ’, उनले भने, ‘सीमा क्षेत्रमा भौगोलिक विकटता भएपनि देश र सीमाको सुरक्षा गर्न कटिबद्ध छौं ।’
सीमा क्षेत्रमा आउन जान समस्या छ। सडक सुविधा राम्रो छैन । खानेपानी, बिजुली छैन। तर, पनि सुरक्षाकर्मीहरू दुःख सहेर पनि देशको सीमा रक्षाको लागि उच्च मनोबलका साथ खटिएका छन् ।
गढवा गाउँपालिका- २ भौरीसाल, राजपुर गाँउपालिका- १ गुरुङ नाका, पटौली नाका, सुख्खा नाका, राजपुर गाउँपालिका- ६ भित्र पर्ने कल्याणपुर, खांग्रा, छेग्रिया, वडा नं. ७ को सुनपथरी, भैंसाही नाकामा सीमा प्रहरी चौकी रहेका छन् ।
गढवा गाउँपालिका- ८ कोइलावासमा प्रस्तावीत सीमा सुरक्षा गुल्म रहेको छ। तीनवटा अस्थायी सीमा प्रहरी चौकीसमेत स्थापना भइसकेको छ । गढवा गाउँपालिका- ८ को खबरी, राजपुर गाउँपालिका- १ को सुकौली र वडा नम्बर ७ को भौवा नाकामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । अस्थायी प्रहरी चौकी बाहेक अन्य दशवटा सीमा प्रहरी चौकी आफ्नै भवनमा छन् ।
सीमा स्तम्भ बगाएको स्थानमा सशस्त्रको चौकी
नेपाल सशस्त्र प्रहरी बलले गढवा गाउँपालिका- ८ खबरीस्थित खोलाले सीमा स्तम्भ बगाएको स्थानमा अस्थायी सीमा प्रहरी चौकी स्थापना गरेको छ। विसं २०३५ सालतिर खोलाले सीमा स्तम्भ बगाएको र अहिले पनि त्यो सीमा स्तम्भ नयाँ बनेको छैन ।
सिमा स्तम्भ बगाएकै स्थानमा सशस्त्र प्रहरीको अस्थायी पोष्ट स्थापना गरेर सुरक्षा निगरानी गरिँदै आइएको छ। ४८ नम्बरको सीमा स्तम्भ खोलाले बगाएको थियो। दाङ खण्डमा सानो ठूलो गरेर ७७ वटा सीमा स्तम्भ छन् ।
सीमा सुरक्षा नागरिकको भरमा थियो। प्रहरी चौकी थिएनन् । प्रहरीहरू मुस्किलले गस्तीमा पुग्थे । सरकार सीमा-सुरक्षामा बेखबर जस्तै थियो । नागरिकहरू जति सीमा क्षेत्रमा बसे, उनीहरूको जोडबलले सीमा सुरक्षा भयो । तर, पछि सरकारले नेपाल-भारत सीमा क्षेत्र दाङ खण्डमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सुरक्षामा खटाउन थाल्यो ।
अहिले जिल्लाको ८३ किलोमिटर लामो क्षेत्रमा सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म, सीमा प्रहरी चौकी र अस्थायी प्रहरी चौकी गरेर १४ वटा सुरक्षा पोष्ट तैनाथ छन् ।
नेपाल प्रहरीका ६ वटा सीमा प्रहरी चौकी रहेका छन् । भारत सरकारले यो सीमा क्षेत्रमा २० वटा सीमा सुरक्षा बल स्थापना गरेको छ भने नेपालको तर्फबाट पनि त्यतिकै मात्रामा सशस्त्र प्रहरीका १४ र नेपाल प्रहरीका ६ गरी २० वटा सीमा प्रहरी चौकी स्थापना गरिएका छन् ।
नेपाल र भारत तर्फको सुरक्षा चौकीहरूको बराबरी उपस्थिति पुगेको छ । भारत सरकारले सीमा सुरक्षामा बाक्लो उपस्थिति देखाउँदा नेपालको अवस्था पातलो थियो ।
तर, केही वर्षको अन्तरालमा नेपालले पनि सीमा सुरक्षामा बलियो उपस्थिति देखाउन सफल भएको छ । हरेक पाँचदेखि सात किलोमिटरको दुरीमा नेपाली सीमा सुरक्षा पोष्टहरू रहेका छन् । सीमा सुरक्षा, सीमा स्तम्भको निगरानी, सीमा क्षेत्रमा हुने अपराध, राजश्व छली, छुहावट नियन्त्रणका लागि प्रभावकारी काम भइरहेको नेपाल सशस्त्र प्रहरी ज्वालामाई गण भालुबाङका प्रमुख एसपी गोपाल प्रसाद श्रेष्ठले जानकारी दिए ।
‘सीमा क्षेत्रमा बलियो उपस्थिति भएको छ’, उनले भने, ‘सीमा क्षेत्रमा भौगोलिक विकटता भएपनि देश र सीमाको सुरक्षा गर्न कटिबद्ध छौं ।’
सीमा क्षेत्रमा आउन जान समस्या छ। सडक सुविधा राम्रो छैन। खानेपानी, बिजुली छैन। तर, पनि सुरक्षाकर्मीहरू दुःख सहेर पनि देशको सीमा रक्षाको लागि उच्च मनोबलका साथ खटिएका छन् ।
गढवा गाउँपालिका- २ भौरीसाल, राजपुर गाँउपालिका- १ गुरुङ नाका, पटौली नाका, सुख्खा नाका, राजपुर गाउँपालिका- ६ भित्र पर्ने कल्याणपुर, खांग्रा, छेग्रिया, वडा नं. ७ को सुनपथरी, भैंसाही नाकामा सीमा प्रहरी चौकी रहेका छन् ।
गढवा गाउँपालिका- ८ कोइलावासमा प्रस्तावीत सीमा सुरक्षा गुल्म रहेको छ । तीनवटा अस्थायी सीमा प्रहरी चौकीसमेत स्थापना भइसकेको छ । गढवा गाउँपालिका- ८ को खबरी, राजपुर गाउँपालिका- १ को सुकौली र वडा नम्बर ७ को भौवा नाकामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ। अस्थायी प्रहरी चौकी बाहेक अन्य दशवटा सीमा प्रहरी चौकी आफ्नै भवनमा छन् ।
सीमा स्तम्भ बगाएको स्थानमा सशस्त्रको चौकी
नेपाल सशस्त्र प्रहरी बलले गढवा गाउँपालिका- ८ खबरीस्थित खोलाले सीमा स्तम्भ बगाएको स्थानमा अस्थायी सीमा प्रहरी चौकी स्थापना गरेको छ। विसं २०३५ सालतिर खोलाले सीमा स्तम्भ बगाएको र अहिले पनि त्यो सीमा स्तम्भ नयाँ बनेको छैन ।
सिमा स्तम्भ बगाएकै स्थानमा सशस्त्र प्रहरीको अस्थायी पोष्ट स्थापना गरेर सुरक्षा निगरानी गरिँदै आइएको छ । ४८ नम्बरको सीमा स्तम्भ खोलाले बगाएको थियो। दाङ खण्डमा सानो ठूलो गरेर ७७ वटा सीमा स्तम्भ छन् ।