ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

बचतकर्ताको रकम हिनामिना गरी दमकको नवरङ्ग साकोसका सञ्चालक सम्पर्कविहीन

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० मंसिर २५ गते, १७:५१ बजे
बचतकर्ताको रकम हिनामिना गरी दमकको नवरङ्ग साकोसका सञ्चालक सम्पर्कविहीन
26
SHARES
Share on FacebookShare on Twitter

दमक । झापाको दमक(६ मा रहेको नवरङ्ग बचत तथा ऋण सहकारी संस्था बचतकर्ताको लाखौँ रुपैयाँ फिर्ता नगरी बन्द भएपछि बचतकर्ता मारमा परेका छन् ।

दसँैअघि नै बन्द गरेर संस्थाका सञ्चालकहरु सम्पर्कविहीन छन् । संस्थामा आफ्नो बचत रकम फिर्ताको लागि कार्यालय समयमा पटकपटक गए पनि कार्यालय बन्द रहेको देखेपछि आफू आश्चर्यमा परेको बचतकर्ता चेसुङ लिम्बूले बताइन् ।

सम्पर्कमा आएका सञ्चालक र कर्मचारीले रकम फिर्ता नदिई उल्टै बचतकर्ताहरुमाथि गैरजिम्मेवारपूर्ण जवाफ दिने गरेका छन् ।

कोसी प्रदेश सहकारी रजिस्टार कार्यालय इनरुवाका निमित्त रजिस्टार हरिबहादुर खत्रीले सो सहकारी संस्था बन्द रहेको भन्ने सूचना पाएर आफूहरु पटकपटक कार्यालय खोल्ने प्रयासमा लागेको तर संस्थाका सञ्चालकहरु नै पत्ता नलागेको बताए ।

सो सहकारीबाट पीडितहरुले प्रहरी कार्यालय वा सहकारी रजिस्टारको कार्यालयमा आएर प्रमाणसहित उजुरी दर्ता गराउन सक्ने निमित्त रजिस्टार खत्रीले जानकारी दिए ।

उनले कार्यालय बन्द रहेका कारण सो संस्थामा बचतकर्ताको रकमका बारेमा यकिन हुन नसकेको र चाँडै कार्यालय खोलेर आवश्यक प्रक्रिया अघि बढाइने बताए ।

दमक नगरपालिकाका सहकारी शाखा प्रमुख इच्छाराम चम्लागाईंका अनुसार सो सहकारीले अन्य पालिकामा समेत कारोबार गर्ने अनुमति लिएको कारण यसको दमक नगरपालिकाको नियमन क्षेत्रभन्दा बाहिर रहेको छ ।

सहकारीमा सर्वसाधारणको बचत रकम कति थियो भन्नेसम्म थाह हुन सकेको छैन । सो संस्था आर्थिक वर्ष २०६९र०७० मा डिभिजन सहकारी कार्यालय चन्द्रगढी झापामा दर्ता भएको रेकर्ड छ ।

यसअघि विराटनगरको तुलसी बहुमुखी सहकारीको दमक शाखाले, दमकको नारायणी बचत तथा ऋण सहकारी संस्थाले, स्वर्गपुरी बचत तथा ऋण सहकारी संस्था र त्यसअघि दमकमै गरिबी निवारण नामक सहकारी संस्थाका नाममा बचतकर्ताहरुको करोडौँ रकम हिनामिना भएको तथ्यहरु बाहिर आइसकेका छन् ।

तीमध्ये स्वर्गपुरी सहकारी संस्था र हाल बन्द रहेको नवरंग बचत तथा ऋण सहकारी संस्थाका नाममा वित्तीय ठगी धन्दा गर्ने गिरोह एकापसमा सम्बन्धित रहेको कतिपय जानकारहरुले बताउँदै आएका छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist