इलाम। इलामको फाकफोकथुम गाउंपालिका ४ फयतप्पामा चासोक तङनामको अवसरमा मंगलबार फूटबलको फाईनल खेल तथा स्थानीय मेला सम्पन्न भएको छ । फूटबल खेलमा आयोजक टिमलाई २ गोल गर्दै खेलकुद बिकास समिति फाकफोकथुम प्रथम भएको थियो । बिजेता टिमले ५५ हजार ५ सय ५५ रुपैंया, ट्रफि मेडल र प्रमाण पत्र पाएको थियो । त्यस्तै उप बिजेता टिमले २५ हजार ५ सय ५५ रुपैया, ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो ।
खेलाडिहरुलाई पुरस्कार बितरण कार्यत्ररमका प्रमुख अतिथि नेपाली काङग्रेस जिल्ला सभापति डम्बर बहादुर खड्काले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि खड्काले त्यस ठाउंका खेलाडिहरुको मनोबल बढाउन सधैं साथ दिने,खेल मैदान निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जायर गरे । उक्त क्षेत्रको बिकासको लागी केन्द्र सरकारमा पहल गर्ने पनि प्रतिबद्धता जाहेर गरेका छन । कार्यक्रममा स्थानिय कला संस्कृति प्रस्तुति, स्थानिय उत्पादनहरुलाई प्रत्सान दिईएको थियो ।







