ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

आज राति उल्कावर्षा हुँदै – अत्यधिक सक्रियता रहने

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० मंसिर २८ गते, २१:२० बजे
आज राति उल्कावर्षा हुँदै – अत्यधिक सक्रियता रहने
23
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं ।  यही मङ्सिर १८ गतेदेखि सुरु मिथुन उल्कावर्षाको आज राति अत्यधिक सक्रियता रहने नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले जनाएको छ ।

अत्यधिक सक्रिय समयमा प्रतिघन्टा १५० वटासम्म उल्का देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । यो उल्कावर्षा क्षुद्रग्रह ३२०० फेथनले अन्तरिक्षमा छोडेका स–साना धूलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७० किलोमिटर माथि जलेर देखिँदै छ ।

उल्कावर्षाको समयमा उल्काहरु मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्कावर्षा (जेमिनिड मेट्योर शावर) नामकरण गरिएको उनले बताए ।

उल्कावर्षा हेर्न चाहने सर्बसधारणले आफ्नो घरबाट वा नजिकैको प्रकाश प्रदुषण कम भएको स्थानबाट अवलोकन गर्न तथा तस्बिर खिच्न सक्नेछन् । अवलोकनको लागि आज राति ८ बजे देखि शुक्रबार बिहान ५:३० सम्मको समय अनुकुल हुने सोसाइटीले जनाएको छ ।

उल्कावर्षा सामान्यतया मध्यरात पछि हेर्दा उत्तम देखिन्छ । मौसमले साथ दिएमा उल्कावर्षा हेर्नेका लागि सन् २०२३ कै उत्कृष्ट समय हुनेछ । उल्कावर्षा हेर्न कुनै दुरबिन वा टेलिस्कोपको आवश्यकता पर्दैन ।

सोसाइटीले विज्ञप्ति मार्फत् देशभर छरिएर रहेका सदस्य तथा शुभचिन्तकलाई आ-आफ्ना स्थानमा रहेका नजिकैका खुल्ला स्थानबाट हेर्न र तस्बिर लिन आग्रह गरेको छ ।

सबै अवलोकनकर्तालाई आफ्ना तस्बिर सोसाइटीको कार्यालयमा पठाउन पनि अध्यक्ष भट्टराईले आह्वान गरेका छन् । प्राप्त तस्बिरलाई सोसाइटीले सामाजिक सञ्जालामार्फत् सार्वजनिक गर्ने पनि सोसाइटीको विज्ञप्तिमा उल्लेख छ ।

उल्कावर्षासम्बन्धी थप जानकारीका लागि सोसाइटीको कार्यालयमा सम्पर्क गर्न सकिने पनि जनाइएको छ । हाल जारी उल्कावर्षा पुस १ गतेसम्म सक्रिय रहने उनले बताए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist