माईजोगमाई : माईजोगमाई गाउंपालिका र नेपाल नेत्र ज्योती संघ इलामको आयोजना तथा बिराटनगर आखा अस्पतालको प्रबिधिक सहयोगमा माइजोमाई गाउंपालीकाको सबै बिद्यालयहरुका बिद्यार्थी तथा ५० वर्ष माथिका नागरीकहरुलाई निशुल्क आंखा जांच कार्यक्रम आइतबार बाट संचालन भएको छ । आइतबार भएको सिबिरमा माईजोगमाई गाउंपालिका वडा नं. ४ नेपाल ज्योति मा बि नामसालिङमा १ सय १४ जनाले सेवा लिएको गाउंपालिका उपाध्यक्ष प्रबिना राईले बताईन ।
गाउंपालिकाको सबै वडामा भएका बिद्यालयहरुमा सिबिर संचालन गर्ने र सबै बिद्यार्थी तथा ५० वर्ष माथिका नागरिकहरुलाई पूर्ण सेवा प्रवाह गर्ने गाउंपालिका अध्यक्ष कुस बहादुर थेबेले बताए । यो कार्य सूरु भएको र सबै वडाहरुमा आंखा जांच सिबिर नसकिउन जेल सम्म निरन्तर संचालन भईरहने उपाध्यक्ष राईले बताईन ।