ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

राष्ट्रिय पौडी प्रतियोगिता: अजल काजीद्वारा राष्ट्रिय किर्तिमान कायम

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० पुस ११ गते, २१:३८ बजे
राष्ट्रिय पौडी प्रतियोगिता: अजल काजीद्वारा राष्ट्रिय किर्तिमान कायम
23
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । स्वस्तीश्री गुरुकुलका अजल काजी ताम्राकारले २६औं राष्ट्रिय खुल्ला तथा उमेर समूह पौडी प्रतियोगितामा राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएका छन् ।

अजलले ५० मिटर बटरफ्लाईको हिट चरणमा सैयद हम्जा शाहले छोटो दुरी (२५ मिटर पुल)मा नेपालमा आयोजना भएको १३ औं सागमा कायम गरेको २६.५६ सेकेन्डको समयलाई विस्थापित गर्दै २५.७७ सेकेन्ड समयको नयाँ किर्तिमान कायम गरेका हुन् । प्रतियोगिता २५ मिटर बातानुकुलित पौडी पोखरीमा संचालन भएको हो ।

नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा भएको प्रतियोगिताको फाईनलमा भने अजलले २५.९२ सेकेन्ड समयका साथ स्वर्ण जिते । स्वस्तीश्री गुरुकुलका तेन्जिन नामडोल रायन गुरुङ्गले रजत र इरभिन श्रेष्ठले कास्य हात पारे ।

सातदोवाटोस्थित बातानुकुलित पौडी पोखरीमा भएको प्रतियोगिताको महिला २०० मिटर मा स्वस्तीश्रीकी अनुसिया तन्डुकारले २ मिनट २२.९० सेकेन्ड समयका साथ स्वर्ण जित्दा आर्या महर्जनले रजत र निसर्ग बाटिकाकी राभ्या श्रेष्ठले कास्य पाईन् ।

पुरुषको १०० मिटर बटरफ्ईलाईमा स्वस्तीश्रीका तेन्जिन नामडोल रायन गुरुङ्गले १ मिनट ००.५३ सेकेन्ड समयका साथ स्वर्ण हात पारे । अशिम भण्डारीले रजत र निसर्गका अभिभ प्रधानले कास्य पाए ।

महिला ५० मिटर बे्रष्ट स्ट्रोकमा अदिप्सा बैद्यले ३६.५१ सेकेन्ड समयका साथ स्वर्ण जितिन् । यस्तै सियर सुभाङ्गी बजगाईले रजत र निसर्गकी बैनभी श्रेष्ठले कास्य पाईन् ।

पुरुषको १०० मिटर फ्रिस्टायलमा स्वस्तीश्रीका अजल काजी ताम्राकारले ५५.०५ सेकेन्ड समयका साथ दुरी पुरा गर्दै स्वर्ण जिते । इरभिन श्रेष्ठले रजत र स्वस्तीश्रीका सेरेन सिंहले कास्य पाए ।

महिला १०० मिटर ब्याकस्ट्रोकमा आर्या महर्जनले १ मिनट १८.१२ सेकेन्ड समयका साथ स्वर्ण जित्दा निसर्ग बाटिकाका राभ्या श्रेष्ठ र सारसी खड्काले क्रमस रजत र कास्य पाए ।

महिला १०० मिटर ब्रेष्ट स्ट्रोकमा अदिप्सा बैद्यले १ मिनट २०.१४ सेकेन्ड समयका साथ स्वर्ण पाईन् । निसर्ग बाटिकाका बैनभी श्रेष्ठ र राभ्या श्रेष्ठले रजत र कास्य पाए ।

पुरुषको ५० मिटर ब्याकस्ट्रोकमा अनुभव सुब्बाले २९.५८ सेकेन्ड समयका साथ स्वर्ण जिते । निसर्गका जाडेन श्रेष्ठ र युभन लाल श्रेष्ठले रजत र कास्य पाए । ५० मिटर फ्रिस्टायलको महिला तर्फको प्रतिस्पर्धामा टिसा महर्जनले २९.४५ सेकेन्ड समयका साथ स्वर्ण, रोशा न्यौपानले रजत र मेगन गुरुङ्गले कास्य पाए ।

५१ पदकका लागि १४९ खेलाडीहरुले प्रतिस्पर्धा गरिरका छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist