इलाम । इलाम लाई चिनाउने एक फूटबल पनि हो । इलामले राम्रा फूटबल खेलाडिहरु जन्माएर देश बिदेशमा चिनाउन सफल भईसकेको छ तर लामो समयदेखी ठुला प्रतियोगिता सञ्चालन नभएको इलामको ठुलो टुँडिखेलमा हाल इलाम गोल्डकपको तयारी गरिएको छ । रेडहर्ष फूटबल क्लवको आयोजनामा संचालन हुने गोल्डकपमा दर्शक बस्नकै लागि यहाँ अस्थाई प्याराफिट निर्माण गरिँदैछ ।
ठुला प्रतियोगिता सञ्चालन भएर पनि चर्चामा रहेको इलामको ठुलो टुँडिखेलमा स्थाई प्याराफिट नहुँदा प्रतियोगिता हुनु अघि अस्थाई प्याराफिटमा मोटो रकम खर्च गरिरहनु पर्ने बाध्यता रहेको छ । खेल संचालन भए पछि दर्शकशरुको घुंइचो लाग्ने गर्दछ तर दर्शकहरुलाई बस्नको लागी स्थाई प्याराफिट नहुंदा अस्थाई प्याराफिट निर्माणमा लार्खौ खर्च हुने रेडहर्ष फूटबल क्लवका सचिव प्रकाश घिमिरे् बताउंछन । स्थाई प्याराफिट नभए पछि हाल बांस खरिद गरेर अस्थाई प्याराफिट निर्माण गरिदैछ । बांस खरिद र प्याफिट निार्नणमा मात्र १० लाख रकम लाग्ने सचिव घिमिरेले बताए । यस मैदानमा आगामी माघ ६ देखि १३ गतेसम्म अन्तर्राष्ट्रिय आमन्त्रण ‘प्रथम इलाम गोल्डकप’ हुँदैछ । गोल्डकप सञ्चालनका लागि चार हजार दर्शक बस्ने अस्थायी प्यारापेट निर्माण गरीने आयोजकको भनाई छ ।
टुँडिखेलको तीन क्षेत्रतर्फ अस्थायी प्याराफिट निर्माणको काम भइरहेको छ । एक भागमा दर्शक बस्न अस्थाइ रुपमा नै ब्यवस्था गरिएको छ । रेडहर्ष फूटबल क्लबले आयोजना गरेको प्रतियोगितामा भारत सहित नेपालका बिभिन्न फुटबल टिमहरु आउने पक्का भएको छ । यसले इलामलाई चलायमान गराउने आयोजक इलाम गोल्डकपका सदस्य निरोज खड्गीले बताए ।खेल पर्यटनको विकास गर्न समेत आयोजनाले मद्धत पुग्ने अपेक्षा लिइएको छ । प्रतियोगिताको प्रथम हुने टिमलाई नगद पाँच लाख पाँच हजार सहित नगद ट्रफि र प्रमाण पत्र वितरण गरिने छ । त्यस्तै दोस्रो हुने टीमलाई नगद तीन लाख सहित ट्रफि मेडल र प्रमाण पत्र वितरण गरिने रेडहर्ष फूटबल क्लवका अध्यक्ष साङ्गे यल्मुले बताए ।
इलाम सदरमुकाममा यस अघि माईभ्याली अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप सञ्चालन हुँदै आएको थियो । छैटौँ संस्करण पछि सो प्रतियागिता सञ्चालन हुन सकेको छैन । सो प्रतियोगिता सञ्चालन नभएपछि इलाम गोल्डकपको तयारी गरिएको हो । धेरै खेलाडी यस मैदानमा नै खेलेर अन्तराष्ट्रिय स्तरमा पुगेका छन् । तर मैदानको स्तर उन्नतीका लागि खासै पहल भएको पाँइँदैन । मैदानलाई ब्यवस्थित सहित स्थाई प्याराफिट निर्माणमा समेत सम्वन्तिध निकायले चासो देखाउन आवश्यक छ ।