इलाम । नेपाल कम्युनिष्ट पार्टि जिल्ला समिति इलामको वर्तमान राजनितीक संकटको निकास नेपाली विशेषताको समाजबाद बिषयक अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा सम्मन कार्यक्रममा नेपालको राजनितिको वर्तमान अवस्थाको बारेमा बहस भएको थियो ।कार्यक्रममा बोल्दै जनता समाजबादि पार्टिका जिल्ला अध्यक्ष छेतेन तामाङले पछिल्लो समय नेपाली राजनितिमा आएको उथलपुथल, दलहरु बिचको असमझदारीको बिषयमा कार्यक्रममा छलफल भएको थियो ।
हाल नेपालका कतिपय क्षेत्रहरुमा जातिय, धार्मिक द्धन्दहरु भईरहेका छन पहिचानको लागि आन्दोलनहरु भईरहेका छन यसले देशलाई बिकासको दिशा तर्फ नलैजाने बताउंदै सरकारले मागहरुलाई चांडो सम्बोधन गर्नु पर्ने बताए । नेपालका सम्पूर्ण बिद्यालय कलेजहरुमा पनि राजनैतिकको नराम्रो छाप परिरहेको बताउदै कम्युनिष्ट दलहरुले समाजबादको वास्तबिक अर्थ अझै बुझ्न आवस्यक रहेको महेन्द्र रत्न बहुमुखि क्याम्पसका प्राध्यापकहरुले धारण राखेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्थाई कमिटि सदस्य शुसिल सि ले नेपालमा कम्युनिष्टहरु एक भएर अघि बढ्नु पर्नेमा जोड दिए । कम्युनिष्टहरु बिचको उतारचढावले सिंगो कम्युनिष्टलाई असर पर्ने भएकोले एक हुन आवस्यक भएको बताए । त्यस्तै देशमा बाहिरी शक्तिहरुको प्रयोग हुन थाल्यो भने नेपालमा फेरी पनि बन्दुक बोक्ने समेत उनले चुनौति दिएका छन । नेपाल भित्र भित्रै युक्रेन जस्तै बन्दै गएको कारण नेपालका दलहरुले जनताको माग अनुसार परिवर्तन नभए दलहरुको अस्तित्व नरहने पनि बताए । कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रतिनिधि, प्रध्यापक, बिद्यार्थी, पार्टिका नेता कार्यकर्ता र संचारकर्मिहरुको उपस्थिति रहेको थियो ।