ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

अम्बेकोशी ठगी प्रकरणः अध्यक्ष फणीन्द्र मगर सहित गजमेर पुर्पक्षका लागि थुनामा

ऋण नतिर्ने पनि दोषी भन्दै अदालत झिकाइयो

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० पुस १९ गते, ८:४९ बजे
अम्बेकोशी ठगी प्रकरणः अध्यक्ष फणीन्द्र मगर सहित गजमेर पुर्पक्षका लागि थुनामा
22
SHARES
Share on FacebookShare on Twitter

इटहरी । सुनसरीको इटहरीमा रहेको अम्बेकोशी बचत तथा ॠण सहकारी संस्थाका अध्यक्ष फणीन्द्र बहादुर पुर्बछाने मगर पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालत सुनसरीमा थुनछेक बहस पछि न्यायाधीश शम्भु गौतमको एकल इजलासले आज उनलाई कारागार चलान गर्ने आदेश गरेको हो ।

यस्तै सहकारीका सञ्चालक समिति सदस्य शिला गजमेर पनि अदालतले तोकेको ५ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि जेल चलान भएको जिल्ला अदालत सुनसरीका सूचना अधिकारी नवीन कोइरालाले बताए ।

पुर्पक्षका लागि मगरलाई झुम्का कारागार चलान गरिएको छ भने गजमेरलाई जिल्ला कारागार कार्यालय मोरङ लगिएको छ ।

यस्तै पक्राउ परेका लेखा सुपरिवेक्षण समितिका संयोजक राहुल अग्रवाल १० लाख  र लेखा समितिकै सदस्य कुमार आले  ५ लाख धरौटी बुझाएर तारेखमा रिहाइ भएका छन् ।

प्रदेश सहकारी रजिस्ट्रार कार्यालय इनरुवाले ठगीका बारेमा सहकारीका अध्यक्ष मगर सहित ११ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा मुद्दा दर्ता गरेपछि प्रहरीले उनीहरूलाई एक महिना अघि पक्राउ गरेको थियो ।

११ जनाविरुद्ध प्रहरीमा ठगी मुद्दा दर्ता गरे पनि प्रहरीले भने ४ जनालाई मात्र पक्राउ गरेको थियो ।

सहकारीका उपाध्यक्ष देवेन्द्र बस्नेत,सदस्य मीनकुमार आले मगर,सागर राई,टेक बहादुर चर्मकार,राजकुमार तामाङ,सहकारीका व्यवस्थापक भोजकुमार आले मगर र लेखा समिति सदस्य किरण आले भने अहिले सम्म फरार रहेका छन् ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरी मातहतका सम्पूर्ण युनिटहरू मार्फत खोजी गरिए पनि पक्राउ गर्न नसकेको प्रहरीले जनाएको छ ।

सहकारी ऐन २०७४ अन्तर्गत दफा १२२ अन्तर्गत १० करोड देखि माथि १ अरब सम्म माग दाबी सहितको बिगो भएमा ६ वर्ष देखि ८ वर्ष सम्म कैद र बिगो बमोजिम जरिवाना गर्ने उल्लेख छ ।

पूर्व सञ्चालक देखि लिएर पुर्बकर्मचारीलाई समेत अदालत झिकाइयो

सहकारीका सञ्चालक,कर्मचारी सहित ऋण नतिर्नेहरूलाई समेत दोषी ठहर्याउदै अदालतमा हाजिर हुन आदेश जारी भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले पक्राउ परेका ४ सहित ५६ जना विरुद्ध अभियोजन सहित जिल्ला अदालत सुनसरीमा ४७ करोड ७ लाख ६६ हजार ४ सय ४९ रुपैयाँ हिनामिना गरी सहकारी ऐन २०७४ को कसुर गरेको भन्दै सजाय मागदाबि गरिएको थियो ।

न्यायधिस गौतमको इजलासले  सञ्चालक समितिका पूर्व सञ्चालकहरू हिराकुमारी मगर,बद्रीप्रसाद रेग्मी,नगेन्द्र गुरुङ,सुमन भण्डारी,विमला चौधरी,अमित राईलाई पनि अदालतमा हाजिर हुन म्याद जारी गरेको छ ।

यस्तै संस्थाका पुर्बकर्मचारीहरु सुजन चौधरी,लीला खडका,सागर चौधरी,अशोक चौधरी,एकराज पहाडी,धनबहादुर मगर,धनुषा पराजुली,दीपेश राई,आशिका राई र क्षितिज राईलाई पनि अदालतमा हाजिर हुन म्याद जारी गरेको छ ।

सहकारीबाट ॠण लिएर नतिर्नेहरुलाई बचतकर्ताहरूको रकम हिनामिना गरी अपचलन गरेको भन्दै सहकारी ऐन २०७४ बमोजिमकै कसुरमा म्याद जारी गरेको हो ।

यी हुन् ऋण नतिर्नेहरू

यसरी ऋण लिएर नतिर्नेहरूमा रबर्ट कुमार श्रेष्ठ,सम्झना कार्की,रेवती दुलाल,सम्झना कार्की,रमेश पौडेल ,कृष्णबहादुर कटुवाल,तारामान लिम्बु,चन्द्र कुमार गेलाल,टिकाराम भटराई,हरि बहादुर खडकालाई पनि अदालतमा हाजिर हुनका लागि म्याद जारी गरेको छ ।

यसैगरी मनोज अधिकारी,तारा राई,नवीन पौडेल,राम प्रबेश शाह,यशोदा पौडेल,अमृता लिम्बु,रुद्रबहादुर पौडेल,भूमिप्रसाद आर्चाय,पशुपति श्रेष्ठ,पूर्ण बन्धु न्यौपाने,शान्ता पौडेल,खड्ग कोइराला,शम्भु दाहाल,हेम श्रेष्ठ,गङ्गाचरण शाह,सुनिता मगर,चुडामणि निरौला,बिष्णुकुमारी बिक,भुवन कुमार राउत र लीला कार्कीलाई अदालतमा हाजिर हुनका लागि म्याद जारी गरेको छ ।

असन्तुष्ट पीडित

सहकारी ठगी काण्डमा अध्यक्षलाई मात्र जेल हालेर अन्यलाई धरौटीमा छाडेको भन्दै पीडित सङ्घर्ष समितिले भने विरोध जनाएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist