ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

हिन्दु सन्तहरूले हिन्दु धर्म रक्षाका लागि इटहरीमा बृहत् जनसभा गर्दै

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० पुस २१ गते, १०:२९ बजे
हिन्दु सन्तहरूले हिन्दु धर्म रक्षाका लागि इटहरीमा बृहत् जनसभा गर्दै
29
SHARES
Share on FacebookShare on Twitter

इटहरी । सुनसरीको इटहरीमा आज हिन्दु सन्तहरूले धर्म रक्षाका लागि भन्दै बृहत् जनसभा गर्ने तयारी गरेका छन् । नेपालमा हिन्दु राष्ट्र कायम गर्नका लागि जनजागरण अभियान आजैबाट सुरु भएको उद्घोष समेत सन्तहरूले गरेका हुन् ।

जनजागरण अभियान इटहरीका संयोजक दिनबन्धु शास्त्रीले आजको अभियानबाट हिन्दु राष्ट्र महाअभियान सुरु हुने उद्घोष गरेका छन् ।
आजको कार्यक्रममा पूर्वका विभिन्न जिल्लाबाट १५ हजार भन्दा बढी वैदिक हिन्दु सनातन धर्ममा आस्था राख्ने सर्वसाधारणले सहभागिता जनाउने उनले दाबी गरेका छन् ।

यता नेपालका प्रथम जगत् गुरु बाल सन्त मोहन सरण देवाचार्यको सरकार समक्ष ११ सूत्रीय माग राखेका छन् ।

धरानको बाल गोपाल मन्दिर अगाडी बनेको चर्च तत्काल बन्द या स्थानान्तरण गरिनुपर्ने ,धर्म परिवर्तन गरेर जाने व्यक्तिको नेपाली पहिचानका नाम र थर परिवर्तन गरिनुपर्ने , धर्म परिवर्तन गर्न नपाउने कानुनलाई कडाइका साथ लागु गरिनुपर्ने , सामाजिक सेवाको नाममा धर्म परिवर्तनलाई प्रोत्साहन दिने खालका विदेशी संस्थाहरूको पहिचान गरी अनुमति रद्द गरिनु पर्ने माग गरेका छन् ।

उनले विदेशी संस्था वा व्यक्तिलाई तत्काल देश निकाला गरिनुपर्ने , जनताको हित विपरीत संविधानमा राखिएको धर्म निरपेक्ष शब्दलाई हटाएर नेपाललाई सनातन हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने , नेपाललाई धार्मिक ,सामाजिक , जातीय दव्न्दमुक्त शान्ति क्षेत्र घोषणा गरिनुपर्ने समेत माग गरेका छन् ।

इटहरीबाट सुरु भएको सन्तहरूको सभा लाई जगद्गुरु मोहन शरण देवाचार्यसहित योगी नरहरिनाथ पिठका शीर्षनाथ, गलेश्वर आश्रमका आत्मानन्द गिरी, मुक्तिनाथ पिठका कमल नयनाचार्य, गलेश्वर धामका देवराज स्वामी, विश्व हिन्दु विद्यापीठका चिन्तामणि योगी, हरिहर सन्न्यास आश्रमका ज्ञाननन्द सरस्वती, महेश सन्न्यास आश्रमका रमणानन्द गिरीलगायतले सम्बोधन गर्ने कार्यक्रम संयोजक शास्त्रीले बताए ।
आजको सभा पश्चात् दोसो सभा जनकपुर,बर्दिबास हुँदै धनगढी,नेपालगन्ज हुँदै काठमाडौँमा गएर टुङ्गिने सन्तहरूले जनाएका छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist