ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

एनटिभी प्रेस युनियन शाखाले वितरण गर्‍यो भूकम्प पीडितलाई न्यानो कपडा

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० पुस २७ गते, १९:५८ बजे
एनटिभी प्रेस युनियन शाखाले वितरण गर्‍यो भूकम्प पीडितलाई न्यानो कपडा
33
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल प्रेस युनियन नेपाल टेलिभिजन शाखाले जाजरकोटका भूकम्प पीडितहरुका लागि न्यानो कपडा र अन्य सहयता सामाग्रीहरु उपलब्ध गराएको छ ।

नेपाल टेलिभिजनका सञ्चारकर्मी र सहयोगी संघसंस्था एवं व्यक्तिगत रुपमा संकलन गरिएका करिब ५ सय थान न्यायो कपडालगायतका सामानहरु आज जाजरकोटका विभिन्न प्रभावित विद्यालय तथा गाउँहरुमा वितरण गरिएको हो ।

यी राहत सामाग्री जाजरकोटस्थित विभिन्न विद्यालय र स्थानीय तहका जनप्रतिनिधिहरुलाई आज हस्तान्तरण गरिएको हो ।

नेपाल प्रेस युनियन जाजारकोट शाखा र नेपाल पत्रकार महासंघका अध्यक्ष बालकुमार शर्माले राहतसामाग्रीहरु जिल्ला विपद व्यवस्थापन समितिलाई हस्तान्तरण गरेपछि समितिले नै विभिन्न प्रभावित क्षेत्रमा ती सामानहरु वितरण गरेको हो । न्यानो कपडा लगायतका सामानहरु जाजरकोटको कुशे गाउँपालिकाका ४ वटा विद्यालय, भेरी नगरपालिकाको २ वटा विद्यालय र शिवालय गाउँपालिकाको २ वटा विद्यालयमा वितरण गरिएको छ ।

यसअघि, राहतसामाग्री बुझ्नुहुँदै निमित्त सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले न्यानो कपडाले प्रभावित सुत्केरी र बालबालिकालाई ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

जाजरकोटका निमित्त प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई राहत सामाग्री हस्तान्तरण गर्दै पत्रकार महासंघका बालकुमार शर्मा र प्रेस युनियनका राजेन्द्र कार्की ।

चिसोमा न्यानो कपडा पाएपछि स्थानीय खुशी भएका छन ।

भूकम्प प्रभावित क्षेत्रमा चिसोका कारण सुत्केरी महिला तथा वालवालिका र वृद्बृद्दाहरु प्रभावित भएको र केहीको मृत्युसमेत भएको समाचार आएसँगै नेपाल टेलिभिजन नेपाल प्रेस युनियन शाखाले राहत सामाग्रीस्वरुप न्यानो कपडा संकलनको अभियान शुरु गरेको थियो ।

संस्थानभित्रका संचारकर्मी तथा विभिन्न सहयोगी संघ संस्थाबाट यी कपडा र केही थान चार्ज गर्न मिल्ने वत्तीहरु संकलन गरिएका हुन ।

यी राहत सामाग्रीहरु नेपाल टेलिभिजनका संचारकर्मी तथा युवा सारथी क्लब तारकेश्वर काठमाडौँ, रोटरी क्लव गोंगबू काठमाडौँ र हरियाली समाज काठमाडौँको सहयोगमा संकलन गरिएका हुन ।

सामान ढुवानीका लागि समाजसेवी शान्ता ढकालले सहयोगस्वरुप २५००० रुपैँया र बाँकी रकम नेपाल टेलिभिजन नेपाल प्रेस युनियन शाखाले वेहोरेको थियो ।

भूकम्प पीडितलाई अलिकति भएपनि सामाजिक दायित्व र मानवीय भावनाले केही सहयोग गरेको नेपाल प्रेस युनियन नेपाल टेलिभिजन शाखाकी अध्यक्ष ममता कोइरालाको भनाइ छ ।

यसअघि नेपाल टेलिभिजनका सबै कर्मचारीहरुले आफ्नो तलबबाट कटाएर करिब ६ लाख ५० हजार रुपैँया सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत प्रधानमन्त्री दैबी प्रकोप उद्दार कोषमा जम्मा गरिसकेका छन।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist