ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

मिलेमतोमा रौतहटबाट चौपाया सिमापार तस्करी हुँदै

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० पुस २९ गते, ७:२३ बजे
मिलेमतोमा रौतहटबाट चौपाया सिमापार तस्करी हुँदै
28
SHARES
Share on FacebookShare on Twitter

गौर । रौतहटको विभिन्न नाका भएर विगत लामो समयदेखि गाईगोरु भारततर्फ तस्करी हुँदै आएको छ । केही दिन पहिला प्रहरीले सीमा क्षेत्रबाट १७ वटा गाई गोरु बरामद गरेपछि यसको पुष्ट्याई भएको हो ।

नेपाल भारत खुला सीमाका कारण दैनिक जसो रौतहटको सीमाबाट भारततर्फ सयौंको सङ्ख्यामा गाई गोरु प्रहरीकै मिलोमतोमा तस्करी हुने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

प्रहरीले बेलाबेलामा आफ्नो काम देखाउनका लागि नेपालबाट भारततर्फ लाँदै गरेका गाईगोरु बरामद गरी गौर भन्सारमा बुझाएर काम देखाउने गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । गत बुधबार दिउँसै रौतहट जिल्लाको महादेवपट्टि नाकाबाट भारततिर लाँदै गरेका १७ वटा गाई गोरु नेपाल प्रहरीले बरामद गरेर गौर भन्सारमा बुझाएको थियो ।

रौतहट प्रहरीले बेलाबेलामा भारततर्फ जाने गाई गोरु बरामद गरेर भन्सार बुझाएर काम देखाउने गरेको गौरका एक स्थानीय बासिन्दाले  जानकारी दिएका छन् । रौतहटका विभिन्न नाका हुँदै दैनिक जसो नेपालबाट भारततर्फ गाईगोरु जाने गरेको छ भने भारतबाट राँगा नेपालतर्फ आउने गरेको स्थानीय बासिन्दाले बताएका   छन् । प्रहरीकै सेटिङमा भारततर्फ गाई गोरु जाने गरेको स्थानीयहरूको भनाइ रहेको छ ।

नेपाल भारत खुल्ला सीमाको फाइदा उठाउँदै नेपालबाट भारततर्फ गाईगोरु मासुका लागि निर्यात हुने गरेको छ भने भारतबाट मासुकै लागि पाडा आयात हुँदै आएको बताइन्छ । सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीका चौकीहरूको सेटिङमै रौतहटको विभिन्न स्थानबाट सङ्कलन गरी राखिएका गाईगोरु रातिको समय वा दिउँसोकै समयमा सीमापार गराइने गरिएको  छ ।

देशका विभिन्न स्थानबाट ल्याइएका गोरु तथा बुढा गाईहरू मासुका लागि रौतहट जिल्लाको सिमावर्ती गाउँमा सङ्कलन गरी रातिको समयमा प्रहरीकै मिलोमतोमा भारततर्फ जाने गरेको स्थानीय पत्रकार सत्येन्द्र सिंहको भनाइ रहेको छ । प्रहरीले सेटिङ नमिले वा काम देखाउनका लागि पनि बेलाबेलामा गाई गोरु बरामद गरेर सञ्चारकर्मीहरूलाई आफूले काम गरेको भन्दै काम देखाउने गरेको उनको बुझाइरहेको छ ।  विगत लामो समयदेखि रौतहटका विभिन्न नाका हुँदै गाई गोरु भारततर्फ निकासी हुँदै आइरहेको छ। प्रहरी प्रशासनकै सेटिङमा विगत लामो समयदेखि जिल्लाको राजपुर नगरपालिकाबाट ठूलो संख्यामा गाईगोरु भारत पठाइने गरेको स्थानीय बासिन्दाहरूको भनाइ रहेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले भने प्रहरीले राति रातिको समयमा गाई गोरु तस्करहरूले गाईगोरु भारततर्फ लाने गरेको आफूहरुले सुन्दै आएको र भ्याएसम्म बरामद गरेर भन्सार बुझाउने गरेको जानकारी दिने गरेको छ ।

यता प्रहरीले बरामद गरेर भन्सार कार्यालय गौरमा बुझाएका गाई गोरु पुन तस्करले नै सरकार गरी पुन भारततर्फ पुर्याउने गरेको जानकारहरूको भनाइ रहेको छ । भन्सार कर्मचारीकै सेटिङमा जसले तस्करी गरेर भारत लान लागेको हो उसैलाई गाई गोरु सस्तो मूल्यमा फिर्ता दिइने गरेका कारण रौतहटको नाकाबाट गाईगोरुको तस्करी रोकिन नसकेको जानकारहरूको भनाइ रहेको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist