ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

अनलाइन प्रणालीबाट इटहरीमा घरजग्गाको इजाजतपत्र दिन सुरु

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० पुस २९ गते, ७:३४ बजे
नयाँ आर्थिक वर्षमा इटहरीको बजेट २ अर्ब १७ करोड ४५ लाख (पूर्णपाठ सहित)
28
SHARES
Share on FacebookShare on Twitter

इटहरी । अनलाईन प्रणालीबाट घर नक्साको इजाजत पत्र प्रदान गर्न सुरु गरेपछि अहिले इटहरी क्षेत्रमा घर बनाउने घरधनीहरूलाई सजिलो हुन थालेको छ ।

घर नक्सा बनाउन लिनुपर्ने इजाजत पत्र अनलाईन प्रणालीबाट नै हुन थालेपछि नगरबासीहरूले फाईल बोकेर कोठा–कोठा धाउनुपर्ने बाध्यता अन्त्य भएको उपमहानगरको दाबी छ ।

एक वर्ष अघि घर बनाउन इजाजत पत्र लिन आउने नगरबासीले नक्साको फाईलमा सहि गराउन कोठा–कोठा धाउनुपर्ने बाध्यता थियो । प्रत्येक फाँटमा भीडभाड, लाइन बस्नुपर्ने, फाईल हराउने, फाईल तल माथि हुँदा लाईन बसेका व्यक्तिहरूबीच झगडा नै पर्ने बाध्यताको अन्त्य भएको छ ।

पछिल्लो नौ महिनायता नगरबासीले अनलाईनबाटै घरनक्साको काम हुँदा नागरिकलाई इजाजत पत्र लिन सजिलो भएको छ ।

अनलाईन सिस्टमबाट काम सुरु भएपछि सेवा प्रवाहमा सुधार आएको इञ्जिनियर कैलाश तिम्सिनाले बताए । अनलाईन प्रणाली राम्रोसँग सञ्चालन भइरहेको र यसले नगरबासीलाई धेरै सजिलो भएको उनको भनाइ छ ।

‘अहिले कुनैपनि नगरबासीले फाईल बोकेर उपमहानगरपालिका धाउनुपर्दैन । हिजो हामी सबैले जुन अप्ठ्यारो भोग्नुपरेको थियो, त्यो अहिले भोग्नुपर्दैन’ इञ्जिनियनर तिम्सिनाले भने ।

कुनै कानुनी उल्झन, छिमेकी साँधसधियारको असहयोग वा चार किल्ला ‘क्लियर’ भएको अवस्थामा सिस्टममा अपलोड भएको फाईलको काम २० दिनभित्रमा सम्पन्न हुने तिम्सिनाले जानकारी दिए ।

उनकाअनुसार जग्गामा कुनै कानुनी उल्झन आयो भने त्यसलाई व्यवस्थापन, नापजाँच गर्दा भने केही समय लाग्न सक्छ ।

पुराना फाईल नक्साको डिजिटल कपी बनाएर उपमहानगरमा राख्ने साथै एक कपि सम्बन्धित घरधनीलाई दिने योजनाअनुसार काम भइरहेको उनले सुनाए ।

‘हामीसँग थुप्रै पुराना फाईलहरु छन् । तिनीहरूलाई पनि डिजिटलाईज गर्ने काम अब केही समयमा सकिन्छ । त्यसपछि एक कपि फाईल सम्बन्धित घरधनीलाई बोलाएर हस्तान्तरण गर्ने हाम्रो योजना छ,’ उनले भने ।

उपमहानगरको तथ्यांकअनुसार नलाईन प्रणाली सुरु भएको बैशाख महिनादेखि पुस महिनासम्म ४३१ जनाले भवन निर्माण सम्पन्नको प्रमाण पत्र लिइसकेका छन् ।

‘प्लिन्थ लेभल’ सम्मको इजाजत पत्र लिनेको संख्या २३७ छ भने ‘प्लिन्थ लेभल’ भन्दा माथिको इजाजत पत्र लिने घर धनीको संख्या २४३ रहेको छ । यो अवधिमा ४०६ जना घरधनीको घरको अभिलेखीकरण प्रमाणपत्र वितरण गरिएको घर नक्सा शाखाको तथ्यांकमा उल्लेख छ ।

‘सफ्वेयरलाई थप अपडेट गर्नुपर्छ’

इटहरी ८ मा घर बनाउन सुरु गर्न लागेका रविन लम्सालले अनलाईन सिस्टम सुरु भएपछि नक्सा बनाउन सजिलो भएको बताए ।
उनी अहिले पहिलो चरणको निर्माण इजाजत लिएर घर बनाउन सुरु गर्दैछन् । इजाजत लिन आफू फाईल बोकेर धाउनु नपरेको उनले सुनाए ।

लम्सालको घरको नक्सा उपमहानगरले निःशुल्क बनाइदिएको हो । उपमहानगरको घर नक्सा निर्माण शाखाले एक हजार ‘स्वायर फिट’ भन्दा कमका घरको निःशुल्क नक्सा बनाइदिने गरेको छ । लम्सालले पनि सोही अनुसार निःशुल्क नक्सा बनाएका हुन् ।

 

निःशुल्क नक्सा बनाएर अनलाईन सिस्टममा अपलोड गरेपनि ‘बिल्डिङ स्ट्रक्चर एनालाईसिस’ गर्ने कर्मचारीको अभावमा भने केही दिन काम ढिलो भएको उनको अनुभव छ ।

‘स्ट्रक्चर एनालाईसिस’ गर्ने एक जना मात्रै कर्मचारी रहेका कारण आफ्नो काममा ढिलाई भएको उनले बताए ।

घर नक्साको इजाजत अनलाईन वितरणमा सफल भएपछि इटहरी उपमहानगरले गत साउनदेखि निःशुल्क नक्सा बनाइदिने सेवा सुरु गरेको छ । नगरबासीलाई निःशुल्क घर बनाइदिने पहिलो पालिका भएको उपमहानगरको दाबी छ ।

१ आर्किटेक इञ्जिनियर, ४ सिभिल इञ्जिनियर, २ सब इञ्जिनियर, ४ असिस्टेन्ट सब इञ्जिनियर र १ अमिनसहितको प्राविधिक टोलीले नगरबासीलाई घरको नक्सा निःशुल्क डिजाइन गरिदिने बताइएको छ ।

१५ सय स्वायर फिटभन्दा माथिको भने नगरबासीले तोकिएको शुल्क तिर्नुपर्छ । अहिले दैनिक रूपमा ३ देखि ४ जना नक्सा बनाउन बुझ्न आउने गरेको घरनक्सा निर्माण शाखाका प्रमुख आर्टिकेट इञ्जिनियर अरुण घिमिरले जानकारी दिए ।

साउनदेखि पुस २६ गते सम्मको तथ्यांकअनुसार २१४ जनाले घरनक्साका लागि निवेदन दर्ता गराएका छन् । जसमा १८० घरधनीले नयाँ घर बनाउन निवेदन दिएका छन् ।

२३ घरधनीले अभिलेखीकरणका लागि निवेदन दिएका छन् भने अन्यले तला थपको लागि निवेदन दिएको निर्माण शाखाले जनाएको छ ।
सेवाग्राहीहरूको रुचिअनुसार घरको नक्सा डिजाइन गरी हालसम्म ९५ जनाको सिस्टममा अपलोड भइसकेको उनले बताए । शाखाले दैनिक कम्तिमा एक घरको नक्सा डिजाइन गर्ने लक्ष्य लिएको घिमिरेको भनाइ छ ।

इटहरी उपमहानगरले सुरु गरेको अनलाईन सिस्टम राम्रो भएपनि अझै सुधार गर्दै जानुपर्ने निजी क्षेत्रबाट घर नक्साको काम गर्दै आएको इञ्जिनियरिङ कन्सल्टेन्ट सोसाइटी इटहरीका अध्यक्ष इञ्जिनियर उमेश तुम्बाहाङले बताए ।

अनलाईनको सफ्टवेयरमा धेरै लामो प्रक्रिया रहेको, त्यसमा केही प्राविधिक समस्याहरू देखिएकालेसफ्टवेयरलाई अपग्रेट गर्नुपर्ने उनको सुझाव छ ।

निःशुल्क घर नक्सा बनाउने काममा पर्याप्त कर्मचारी नहुँदा उपमहानगरको योजनामा चुनौती देखिएको उनले बताए ।
नक्सा डिजाइन गर्ने दक्ष कर्मचारी प्रर्याप्त नभएको र एक जना मात्रै ‘स्ट्रक्चर एनालाईसिस’ गर्ने इञ्जिनियरबाट काम गराउन खोज्दा सेवा प्रभावकारी हुन नसकेको उनको भनाइ छ ।

‘बाहिरका कन्सल्ट्यान्सहरूमा धेरै इञ्जिनियर हुँदा त स्ट्रक्चर एनालाईसिस गर्न लामो समय लाग्छ । उपमहानगरमा काम गर्न एक जना मात्रै कर्मचारी छन्, कम्तीमा २ दिन लाग्ने काम एक व्यक्तिले कसरी गर्न सक्छ रु,’ अध्यक्ष तुम्बाहाङको प्रश्न छ, ‘निःशुल्क घर नक्साको योजना सफल बनाउने हो भने प्रर्याप्त कर्मचारी राख्नुपर्छ । होइन भने योजना असफल हुन्छ ।’

नगरबासीलाई राहत दिने हो भने राजस्व कम गर्नुपर्ने उनले बताए । घर निर्माणमा तिर्नुपर्ने राजस्व निकै बढेकाले समस्या भइरहेको उनले बताए ।

यता, अनलाईन सिस्टम सुरु भएपछि नगरबासीले सहज र सरल रूपमा सेवा लिन पाएको उपमहानगरपालिका नगर प्रमुख हेमकर्ण पौडेलको दाबी छ ।

ठूलो प्राविधिक चुनौतीलाई समाधान गर्दै घर नक्सालाई व्यवस्थित गर्न अनलाईन प्रणाली सफल भएको उनको भनाइ छ । तर निःशुल्क घर नक्सा निर्माण शाखामा प्रर्याप्त कर्मचारी नहुँदा भने प्रभावकारी काम निकाल्न नसकिरहेको उनले बताए ।

‘नेपालभरमै पहिलोपटक इटहरीले नमुना काम सुरु गरेको हो । यो अरु कतै छैन, हामीले सुरु गरेका छौँ,’ नगर प्रमुख पौडेलले भने ‘अर्कोतर्फ इटहरी सहर सबै ढंगबाट सुरक्षित छ, यहाँ घर बनाउनेको चाप धेरै छ । त्यसमा अझ निःशुल्क भनेपछि नगरबासीको चाप बढी हुने नै भयो ।

अब दक्ष कर्मचारी थप गरेर घर नक्सा शाखालाई व्यवस्थित गर्ने नगर प्रमुख पौडेलले बताए । घरनक्सा शाखामा हुने भीड व्यवस्थापन गर्न अनलाईन प्रणाली सफल भएको उनको दाबी छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist