ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

सप्तकोसी नदीले गर्यो कटान – चार हजार घरपरिवार उच्च जोखिममा

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ १४ गते, ११:४५ बजे
सप्तकोशी नदीमा पानीको बहाव उच्च
46
SHARES
Share on FacebookShare on Twitter

उदयपुर । सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका दर्जनभन्दा बढी गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन् । बाढी आउँदा डुबाउला भन्ने चिन्ता छ, बाढी घट्दा जमिन कटान गरेर झन् छिटो गाउँ पस्ला भन्ने डरले उनीहरूलाई सताउने गरेको छ ।

स्थानीयवासी वर्षौंदेखि यो समस्यासँग जुध्दै आएका छन् । कोसी सम्झौताअनुसार भारत सरकारले नदीको दुवैतर्फ तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या अझ बढेर गएको बताउँछन् सप्तकोसी नदीकै छेउमा घर र खेती भएका बराह क्षेत्र नगरपालिका– ६ का बाजाहाङ लिम्बू । ‘नदी पूरै गाउँतिर सोझिएको छ, ढुक्कले निदाउन पनि सकिएको छैन,’ उनले भने ।

सप्तकोसी नदी बराह क्षेत्र नगरपालिकाको मध्यभागबाट बग्दछ । बर्खामा नदीले वर्षेनी धेरै मात्रामा जनधनको क्षति पु¥याउँदै आएको छ । बाढी आउँदा घर जग्गा डुबाउने र घट्दा किनारामा जमिन कटान तीव्र रूपमा गर्दा सप्तकोसी किनाराका हजारौंँ बासिन्दालाई घरबारविहीन बनाइसकेको छ ।

अहिले पछिल्लो समय सप्तकोसीले धार परिवर्तन गरी पश्चिमतर्फ कटान गर्दा बेलका नगरपालिका–२, ३, ८ र ९ उच्च जोखिममा परेको छ । सप्तकोसीले धार परिवर्तन गरी उदयपुरको बेलका नगरपालिका– ८ को लाहुरे खोचमा कटान गरी नदी पस्न लागेपछि सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, बोची, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोसी टप्पु आरक्ष २५ सय परिवार उच्च जोखिममा परेका हुन् ।

सप्तकोसीमा पानीको बहाब बढेसँगै कटान तीव्र रूपमा बढेकाले त्यस क्षेत्रका बासिन्दा जोखिममा परेको हो । कोसीले ६ सय मिटर कटान गरिसकेको छ । करिब दुई सय मिटर कटान गर्दैछ । दुई सय मिटर कटान गरे भने त्यहाँ बसोबास गर्ने चार हजार घर परिवार विस्थापित हुनुका साथै ठूलो जनधनको क्षति हुने बराह क्षेत्र नगरपालिका– ६ का वडा सदस्य श्यामबहादुर लिम्बूले बताए । ‘रोकथाम गर्न नसके बेलका नगरपालिकाका– २, ३, ८, ९ बराहक्षेत्र नगरपालिका– ६ सहित सप्तरीको फत्तेपुर, कञ्चनरूप, भारहद, राजविराज हुँदै कुनैली नाका भएर नदी बग्ने छ,’ लिम्बूले भने ।

सप्तकोसी कटानले गर्दा बराह क्षेत्र नगरपालिका– ६ चिलिया टप्पुमा रहेको बालसेवा आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय, कौशिका आधारभूत बिद्यालय बेलका नगरपालिका– ३ तर्फ सरस्वती आधारभूत विद्यालयसहित दुई वटा स्वास्थ्य संस्था विस्थापित भइसकेको वडा सदस्य लिम्बूले बताए ।

त्यहाँ रहेको एकता, सिर्जना, एबिसी, गिनेरी, रामनगर, बुधवारे, चिलिया टप्पु विस्थापित हुने तयारीमा रहेको उनको भनाइ छ । सप्तकोसीको चारवटा भंगालो छ । पूर्वपट्टिको भगालोले राजाबास चक्रघट्टीतर्फ कटानलाई तीव्र बनाएको छ भने पश्चिमपट्टिको भगालोले उदयपुरतर्फको चिलिया टप्पुमा क्षति प¥याएको छ । सबैभन्दा खतरा पश्चिम भगालो हो । यसले उदयपुर, सप्तरीको अधिकांश भागमा क्षति पुर्याउँछ ।

सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेपछि बराहक्षेत्र नगरपालिका–६ ठाकुरबारीस्थित १० नम्बर नोज स्पर (बाँध) कटान गर्न थालेपछि स्थानीयवासी चिन्तित भएका हुन् । कोसीमा पानीको बहाव घटबढ हुने क्रम जारी रहेकाले कमजोर बनेको स्पर १० को मर्मत सम्भार कार्य तीव्र पारेको छ । निरन्तरको वर्षाका कारण नदीमा बढेको पानीको बहावले स्परको करिब ६० मिटर भाग कटान गरेपछि अस्थायी रूपमा मर्मत थालेको जनाएको छ ।

सो क्षेत्रमा कोसीले कटान गरेको भागमा मर्मत नहुँदा त्यहाका स्थानीय बासिन्दामा बाढीको त्रास बढेको हो । कोसीको पानीको सतह लगातार बढ्ने क्रममा रहेकाले कटान गरेका हुन् । कटान भएको ठाउँमा थप कटान रोक्न स्थानीयबासीले जिल्ला विपद व्यवस्थापन समिति उदयपुरसँग अनुरोध गरेको छ ।

कटान गरेको क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तह, निमित्त प्रमुख जिल्ला अधिकारी र स्थानीय सरोकारवालाहरूले आइतबार स्थलगत अनुगमन गरी कटान रोक्नमा निगरानी गरी तत्काल मर्मत गर्न प्रदेश सरकार, प्रदेश योजना आयोग र संघीय सरकारमा आग्रह गर्ने जिल्ला विपद व्यवस्थापन समिति उदयपुरबाट निर्णय गरी जानकारी गराएको बेलका नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापाले जानकारी दिए ।
निरन्तर परेको वर्षाका कारण सप्तकोशीले पश्चिमतर्फ धार परिवर्तन गर्दा बेलका नगरपालिकाका वडा नं २, ३, ८ र ९ उच्च जोखिममा परेको निमित्त प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले बताए । स्थलगत अनुगमनपछि आइतबार बेलका नगरपालिकाको सभा हलमा जिल्ला बिपद् व्यवस्थापन समिति उदयपुरको बैठक बसेको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको र बैठकले सप्तकोसीमा आएको उच्च बाढीले बेलका नगरपालिका–८ लाहुरेको खोच परियोजनाबाट कटान गर्दै नदिको धार तथा बहाव नगरको २, ३, ८ र ९ तथा सप्तरी जिल्लाका विभिन्न स्थानमा समेत जनधनको क्षतिलाई मध्यनजर गर्दै तत्कालै बाँध लगाउने, हेभी इकुमेन्ट प्रयोग गर्ने, सिँचाइ डिभिजनसँग सहकार्यमा लन्चिङ ड्याम, स्यान्ट रकिङ र तारजाली भरी कटानका सम्भावित क्षेत्रका स्थानीयलाई उद्धार तथा राहतको व्यवस्थापन गर्ने निर्णय भएको नगर प्रमुख दुर्गाकुमार थापाले बताए ।

कोसी कटानका कारण बेलका नगरपालिकामा र बराह क्षेत्र नगरपालिकाका गरी चार हजार घरपरिवार विस्थापित हुने खतरा छ । तत्कालीन व्यवस्थापनका लागि प्रदेश, संघ सरकार, प्रहरी, सेना तथा स्थानीयलाई अनुरोध गरिएकोसमेत उनले जानकारी दिए ।

१२ वर्षअघि १० नम्बर स्परबाट सप्तकोसी करिब ५÷६ सय मिटर पश्चिम भएर बग्ने गरेको थियो । तर यो वर्ष तिव्र पानीको बेगका कारणले बहाव पूर्वी किनारामा ठोक्किँदा कटान थालेको हो । बराह क्षेत्र नगरपालिकाको ११ वटा वडामध्ये वडा नं. ३, ४ र ५ बाहेक सबै वडा सप्तकोसी नदीको उच्च जोखिममा परेको छ ।

सुनसरीको भाण्टाबारी कोसी व्यारेजदेखि उत्तर बराह क्षेत्रसम्मका बाँध मर्मत सम्भार गर्ने र कटान नियन्त्रण गर्ने मुख्य दायित्व भने भारत सरकारको हो । कोसी ब्यारेज निर्माण गरेदेखिको सो सम्झौताअनुसार भारत सरकारले वर्षेनी कटान रोक्ने प्रयास गरे पनि पूर्णरूपमा सफल हुन नसक्दा नेपाली भूभाग वर्षेनी कटान र डुबानमा पर्दै आएको हो ।

कोशी तथा बक्राहा नदि नियन्त्रण आयोजना बिराटनगरका अनुसार कोशी सम्झौता अनुसार चतरा देखि ब्यारेज सम्म सप्तकोशीको दुवै किनारा भारत सरकारले तटबन्ध निर्माण गर्ने सम्झौता छ । कटान भएको बेला अस्थायी रूपमा भारत सरकारले मर्मत गर्दै आएको भएता पनि सम्झौता अनुसार भारत सरकारले तटबन्ध निर्माण नगरेका कारण यस्तो समस्या आएको हो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist