धनगढी । झण्डै एक हप्तादेखि लगातार परेकोे वर्षाका कारण दार्चुलाका विभिन्न भेगमा आइतबार राति बाढी–पहिरो गएको छ ।
आइतबार राति पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा गएको बाढीपहिरोले धनजनको क्षति हुनुका साथै तीन जनाको मृत्यु समेत भएको छ ।
अन्य दुई जना भने बेपत्ता रहेको दार्चुला प्रहरीले जानकारी दिएको छ । बाढीले घर, खेत, पुल र लघुजलविद्युत् समेत बगाएकोले अहिले अबस्था निकै कठिन रहेको स्थानीयहरु भन्छन् ।
उत्ता पहिरोले घर पुरिँदा दुहुँ गाउँपालिका–१ बासपालिकामा नरसिंह महर र उनकी श्रीमती कौशिला महरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए । ‘राति सुतिरहेकै अवस्थामा घरमाथिबाट खसेको पहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको थियो ।
यस्तै, दुहुँ गाउँपालिका–५ दुल्लामा एक जनाले आफ्नो ज्यान गुमाएका छन् । बाढीले मनुवा डडालको मृत्यु भएका थियो । कालागाड खोलामा आएको बाढीले डडाललाई घरसहित बगाएको प्रहरी नायब उपरीक्षक भट्टले बताए । बाढीले धनजनको क्षति गर्नुको साथै घर, पुल, जलविद्युत आयोजना, पानी घट्ट र पशुचौपाया पनि भट्टले जानकारी दिए ।