ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

हिमाली बस्ती नै हिउँको प्रतीक्षामा, अनिकाल लाग्ने पीरमा स्थानीय

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० माघ १२ गते, १३:२८ बजे
हिमाली बस्ती नै हिउँको प्रतीक्षामा, अनिकाल लाग्ने पीरमा स्थानीय
29
SHARES
Share on FacebookShare on Twitter
  • खड्क सुनार 

मुगु ।  मुगुको छायाँनाथ रारा नगरपालिका-४ भामवाडा गाउँका ६० वर्षिया काँसिराम परियारलाई अहिलेदेखि नै अनिकाल हुने पीर लाग्न थालेको छ । विगतका वर्षहरुमा मंसिरको पहिलो साता तिरै घरआँगनमै १ फिटभन्दा बढी हिमपात हुनुका साथै डाँडाकाँडा सेताम्ये भएको देख्दाको सम्झना अहिले ताजै छ ।

तर, पछिल्लो समय माघ महिना लाग्दा पनि हिमपात नहुँदा उनी चिन्तित् छन् । कर्णाली प्रदेशका उपल्लो हिमाली जिल्लाहरुमा यस वर्ष  समयमै हिउँ, पानी नपर्दा किसान चिन्तित् बनेका छन् ।  मुगुमा मंसिरको तेस्रो साता उपल्लो क्षेत्र तिर हल्का हिमपात र थोरै पानी परे पनि बेंसीमा गत असोजदेखि पानी परेको छैन ।  लामो खडेरीले जौं, गहुँ बाली देखि बारीको तरकारी समेत सुक्न थालेपछि मुगुका नागरिक चिन्तित बन्न थालेका छन् ।

माघ महिनाको दोस्रो साता लागिसक्दा पनि मुगुमा हिउँ नपर्दा खेतिबारीमा लगाइएका बालीनाली, जौ , गहुँ र तरकारी खेती सुक्न थालेपछि यहाँका किसान निरास भएका छन् । हिउँदे वर्षा र हिमपातको पर्खाइमा रहेका मुगुका नागरिक अझै हिमपात नभए बालीनाली उत्पादनमा प्रभावित हुनुका साथै जलवायु परिवर्तन र मौसम परिवर्तनले स्वास्थ्यमा पनि समस्या हुन थालेको छायाँनाथ रारा नगरपालिका-४ का मैनासिंह नेपालीले बताए ।

लामो खडेरीले जौं, गहुँ बालीदेखि बारीको तरकारी समेत सुक्न थाले पछि स्थानीय चिन्तित हुन थालेका छन् । वर्षा र हिउँ नपर्दा बारीको तरकारी सुक्न थालेको छ । पुस महिना हिउँको महिना हो बेलामा पानी पनि पर्दैन, हिउँ पनि परेको छैन । दुईरचार वर्ष अगाडी पुस नलाग्दै हिउँले धारा पँधेरा ढाक्ने गरेको थियो  । अहिले माघ महिना आईपुग्दा पनि हिउँ न पानी परेको छैन  ।

प्रायस्जसो पुस महिनामा सेताम्य देखिने पर्यटकीय क्षेत्र रारामा पनि यो पटक हिउँ परेको छैन । गत मंसिरमा हल्का हिउँ परे पनि बाक्लो हिमपात नहुँदा रारा सुक्खा र उराठ देखिएको छ ।    रारा पुगेका पर्यटकले यसपालि अघिल्ला वर्ष जस्तो हिउँ खेल्न पाएका छैनन् । हिउँ नपर्दा रारामा आन्तरिक तथा बाह्य पर्यटकहरुले रमाउन पाएका छैनन् । स्वर्गकि उपमा पाएको रारामा हिउँ नपर्दा काला राता पहाडमा परिणत भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका रेन्जर तथा सूचना अधिकारी जयहरि धितालले जानकारी दिए  ।

हिउँ नपर्दासम्म फलफूलदेखि अन्नबालीसम्म नसप्रिने संकते देखिएको छ । मुगुमा १३ हजार १ सय ३८ हेक्टर खेतियोग्य जमिन रहेको छ । जसमा १० हजार ४ सय ६१ हेक्टरमा खेती गरिएको जमिन छ । त्यस्तै २ हजार ६ सय ७७ हेक्टर बाँकि जमिन छ भने २ हजार ८ सय ९० हेक्टर सिञ्चित जमिन रहेको कृषि तथ्यांकले देखाएको छ ।

मुगुमा आकाशे पानीको भरमा खेतिपाती गरिन्छ । आकाशे पानीको भरमा खेतिपाती गरेका किसानहरु लाई सरकारी कार्यालयहरुले कृषि सिंचाई का कार्यक्रमहरु प्रभावकारी नदेखिएका कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख चन्द्र बहादुर शाहीको भनाइ छ  ।

उच्च हिमाली बस्ती जडिबुटीमा आत्मनिर्भर स्थानीय पनि हिमपातको प्रतीक्षामा छन् । बाक्लो हिउँ नपरेको वर्ष जडीबुटी उत्पादन पनि घट्ने स्थानीयको अनुभव छ । धेरै हिउँ परेको वर्ष यार्सा, कटुकी भोल्ते, चिराइतो, गुच्ची च्याउ राम्रो फल्ने किसानको भनाइ छ । हिमपातको डरले बेंसी झरेका मुगु गाउँका बासिन्दा हिउँ नपर्दा चिन्तित बनेका छन् ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist