ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

पाँच करोड माग्दै व्यवसायीलाई ज्यान मार्ने धम्की दिने दुईजना यसरी पक्राउ परे

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० माघ २५ गते, १३:५१ बजे
ब्राउनसुगरसहित भद्रपुरबाट भारतीय नागरिक पक्राउ
24
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । व्यवसायीलाई फोनमार्फत् धम्की दिई पाँच करोड रकम माग गरेको आरोपमा पोखरामा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका-२ खुर्कोट घर भई हाल पोखरा महानगरपालिका-८ सिमलचौर बस्ने ४२ ३६ वर्षीय लक्ष्मण दर्जी र कुश्मा नगरपालिका-१४ घर भई हाल पोखरा महानगरपालिका-८ सिमलचौर बस्ने ४२ वर्षीय दीपकबहादुर क्षेत्री रहेका छन् ।

उनीहरूलाई बुधबार सिमलचौरस्थित डेराबाट पक्राउ गरिएको कास्कीका प्रहरी उपरीक्षक मोनकुमार थापाले बताए । दुबैलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । थापाका अनुसार दर्जी र क्षेत्रीले पोखरा महानगरपालिका-१६ लामाचौर घर भई त्यहीँ रहेको सच्चाई सेवा केन्द्रका सञ्चालक प्रकाशदीप गैरेलाई फोन तथा म्यासेजमार्फत् पाँच करोड माग गरेका थिए ।

सच्चाई केन्द्र नेपालका केन्द्रीय अध्यक्षसमेत रहेका गैरेलाई उनीहरूले हिन्दी भाषामा कुराकानी र एसएमएस गरी पाँच करोड रुपैयाँ माग गरेका थिए । उक्त रकम नदिए उनीहरूले गैरे र उनको परिवारलाई ज्यान मार्ने धम्की दिएका थिए ।

गत माघ १८ गतेदेखि निरन्तर फोन र एसएमएसमा धम्की आउन थालेपछि गैरे प्रहरीमा पुगेका थिए । ‘गैरेको निवेदन परेपछि खोज्दै जाँदा दुबैलाई धम्की दिन प्रयोग गरिएको सिमसहितको मोबाइललगायत अन्य सामग्रीसहित पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ,’ थापाले भने ।

थापाका अनुसार पक्राउ परेकामध्ये दर्जी विगत चार वर्ष वैदेशिक रोजगारीका लागि कतार बसेर नेपाल फर्केको एक महिना मात्रै भएको थियो। क्षेत्री भने बेरोजगार भएर बसिरहेका थिए । उनीहरूको कोठाबाट प्रहरीले तीन थान किताब, एक थान नोट बुक, विभिन्न व्यक्तिहरूको नाम उल्लेख गरिएको ८ थान पाना, भारतीय सिम १ थान, एनसेलको ३ थान, प्रिपेड सिम ५ थान बरामद भएको छ ।

यस्तै, खुकुरी एक थान, गाँजा ५७२ ग्राम, भरुवा बन्दुकमा लाग्ने केप २७ थानलगायत सामग्री बरामद भएको छ। प्रहरी उपरीक्षक थापाका अनुसार लक्ष्मण दर्जीले युट्युबबाट गैरेको सम्बन्धमा भिडिओहरू हेर्ने गरेका थिए।

दर्जी गैरेको बारेमा बुझ्न माघ १३ गते सच्चाईमा गएर एक दुई घन्टा बसेर उनको मोबाइल नम्बर लिएर आएका थिए। ’यसपछि १८ गतेबाट फोन तथा म्यासेजबाट धम्की दिई रकम माग गर्न थालेको खुलेको छ,’ थापाले भने।

दुई दिनअघि धम्की दिएर दर्जी र क्षेत्री दुबै जना माघ २० गते सच्चाई केन्द्रमा गएका थिए। उनीहरूले त्यहाँ घटनाको असरको बारेमा बुझेको थापाले बताए। फेरि उनीहरू माघ २३ गते सच्चाई केन्द्रमा पुगेर आधा घन्टा बसेर फर्केका थिए।

उनीहरूको साथबाट बरामद सामग्रीबाट विभिन्न कुराहरू खुलेका छन्। उनीहरूले ‘ठूलो धन ठूलै लक्ष्य’ नीति अपनाएको देखिन्छ। यो लक्ष्यमा उनीहरूले अपहरण, फिरौती, गोली हान्ने, फिरौती लिएको रकम संरक्षण गर्ने कुरालाई प्राथमिकतामा राखेका थिए।

यस्तै, धनी र सम्पन्न व्यक्ति, नेता, व्यापारी, गुन्डा, भू-माफिया, औद्योगिक माफिया, मेडिकल माफिया र म्यानपावर माफियाका छोराछोरीलाई टार्गेट बनाउने योजना बनाएका थिए। क्षेत्री यसअघि २०७९ सालमा हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा पर्वतमा मुद्दा चलेका व्यक्ति हुन्।

यस्तै, उनी २०७१ सालमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट अभद्र व्यवहार मुद्दामा पक्राउ परेका थिए। दुबैलाई लागुऔषध गाँजा, हातहतियार तथा खरखजना र आपराधिक लाभ एक्सटर्सन सम्बन्धी मुद्दामा अनुसन्धान तथा कारबाही अघि बढाइएको प्रहरी उपरीक्षक थापाले बताए।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist