ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

इटहरीमा स्थानीय व्यपारीको अवरोधले स्वदेशी जुत्ताको मेला प्रभावित

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० फाल्गुन ११ गते, २२:१८ बजे
25
SHARES
Share on FacebookShare on Twitter
इटहरी । इटहरीमा शुक्रबारदेखि सुरु हुने भनिएको जुत्ता-चप्पल मेलामा इटहरीका व्यापारीहरूले अवरोध गरेका छन्।

 

शुक्रबार (फागुन ११) देखि ३५ दिन (चैत १५) सम्म इटहरीमा शुभकामना फुटवेयर इन्ड्रष्ट्रिज प्रालिले जुत्ता-चप्पल मेला लगाउने प्रशासनको अनुमति लिए पनि इटहरीका व्यापारीहरूले अवरोध गरेका हुन्। खास गरी उद्योग वाणिज्य संघ इटहरीको नेतृत्वमा व्यापारीहरूले ‘सिन्डिकेट’ लागू गर्न खोजेका छन् ।

आयोजक समितिका अध्यक्ष, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा फुटवेयर म्यानुफ्याक्चर एसोसिएसनका निवर्तमान अध्यक्ष नानीराज घिमिरेले यहाँका व्यवसायीहरूले उपभोक्ताले सस्तोमा किन्ने अधिकार नै वञ्चित गर्न खोजेको बताए ।

‘तपाईँहरूले हाम्रो भाग खोस्न आउनुभयो, सस्तोमा बेचेपछि हामीलाई असर पर्छ भनेर यहाँका १०- १२ जना व्यापारीहरूसहित उद्योग वाणिज्य संघ इटहरीले विरोध गर्‍यो,’ घिमिरेले भने, ‘यहाँका व्यापारीका कारण उपभोक्ताले सस्तोमा किन्ने अधिकार पनि वञ्चित भएको छ। र, संविधानप्रदत गरिखाने अधिकार पनि वञ्चित भएको छ।’

मेलामा जुत्ता-चप्पल सस्तोमा बिक्री हुने भएकाले इटहरीको व्यापारमा ह्रास आउने भएको भन्दै व्यापारीहरूले आपत्ति जनाएका हुन्। यससँगै शुक्रबार इटहरीका मेयर हेमकर्ण पौडेलबाट उद्घाटन हुन लागेको मेला स्थगित भएको छ। ‘उहाँहरू (उवासंघ)बाट मेला गर्न पाउनुहुन्न भन्ने कुरा आयो।

त्यसैकारण मेयरको निर्देशनमा तत्काललाई उद्घाटन कार्यक्रम स्थगित गरिएको हो,’ उनले भने, ‘कार्यक्रम उद्घाटन गर्नु, प्रचारप्रसार पनि गर्नु, तर बेच्न पाउनुहुन्न भन्ने कुरा आयो। यो कस्तो खालको कुरा हो? व्यवसाय गर्न पाउनुहुन्न, बेच्न नै पाउनुहुन्न भन्न पाइन्छ ?’

मेलामा नेपाली उत्पादनलाई बजारीकरण गर्ने र उपभोक्तालाई नेपाली उत्पादनको गुणस्तरबारे बुझाउने लक्ष्य लिइएको थियो। यसले उपभोक्तालाई प्रत्यक्ष लाभ हुने भए पनि इटहरीका व्यापारीहरूले अवरोध गरेको घिमिरे बताउँछन्।

‘हामीले हाम्रो उत्पादन १५ देखि २० प्रतिशत नाफा राखेर बिक्री गर्छौँ। तर यहाँका व्यापारीहरूले एक जोर जुत्तामा एक सयदेखि दुई सय प्रतिशत नाफा राखेर बिक्री गर्नुहुन्छ,’ घिमिरेले भने, ‘राज्यले व्यापार घाटा सहेर बसेको बेलामा आयातलाई प्रतिस्थापन गर्नु हाम्रो उद्देश्य हो। हामीले यो मेलामा बाहिरबाट आएर भए पनि यहीँका ४५ जना स्थानीयवासीलाई रोजगारी दिएका छौँ।’ उनले उपमहानगरपालिकार आन्तरिक राजस्व कार्यालयमा कर तिरेर विधिसम्मत तरिकाबाट मेला आयोजना गर्न लाग्दा पनि उवासंघले ‘दादागिरी’ शैली अपनाएको बताए।

उद्योग वाणिज्य संघले समग्र व्यापारीको कुरा गर्नुपर्ने भए पनि इटहरी उवासंघले यहाँका निश्चित व्यापारीको मात्रै कुरा गरेको घिमिरेको भनाइ छ। आफूहरूको उद्देश्य व्यापार मात्रै भन्दा पनि नेपाली उत्पादनको गुणस्तरबारे उपभोक्तालाई जानकारी गराउने रहेको उनले बताए। उनले थपे, ‘नेपाली उत्पादनप्रति आम उपभोक्ताको विश्वासलाई बलियो बनाउनुपर्ने र थप रोजगारी सिर्जना गर्ने हाम्रो उद्देश्य थियो। तर स्थानीय व्यापारीबाटै सिण्डिकेट भयो।’ उनले उद्घाटन कार्यक्रम स्थगित भए पनि मेला भने जारी रहेको बताए।

उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले भने नेपाली उत्पादन कम्पनीले मेला लगाउनुअघि यहाँका व्यापारीहरूलाई कत्तिको असर गर्छ भनेर ख्याल गर्नुपर्ने प्रतिक्रिया दिए। ‘हामीले उद्घाटनमा थाहा पाएपछि स्थानीय व्यापारीहरूले असन्तुष्टि जनाउनुभयो। मेला लगाउनै दिन्नौँ भनेर चर्काचर्की पनि भयो। उद्घाटन गर्न पाउने तर बेच्न नपाउने भन्ने समन्वय भएको थियो,’ पराजुलीले भने, ‘व्यवसायीसँग जोडिएको कुरा उत्पादनकर्ताले सीधै आएर बजारमा छिर्दा विरोध त भइहाल्छ। यहाँका व्यापारीहरू भाडा तिर्न नसकेर, बैँकको ब्याज तिर्न नसक्दा, रियाक्सन त भइहाल्छ। मेला लगाउनुअघि हामीसँग राय लिनुपर्थ्यो।’

उत्पादनकर्ताले १० दिन मेला लगाएर यहाँको ‘मार्केट’ बिगार्न खोजेको उनको आरोप छ। ‘यसले दीर्घकालीन असर पर्न सक्छ। बरु यहाँका व्यापारीहरूलाई हाम्रो उत्पादनलाई तपाईँहरूले पनि बेचिदिनुहोस्, भन्नुपर्थ्यो,’ उनले भने, ‘तर जसरी दादागिरी भनियो, त्यो चाहिँ होइन। हामीले गर्नुपर्ने व्यवसायीको हकहितको आवाज उठाएको मात्रै हो। अझै पनि मेलमिलापबाट निकास दिन हामी लागेका छौँ।’

यसअघि इटहरी उपमहानगरपालिकाले मेला सञ्चालनका लागि फागुन ४ गते स्वीकृति दिएको थियो। यसै गरी जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि सुरक्षा व्यवस्थाका लागि जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरिसकेको छ।

सबै प्रक्रिया पूरा गरेर मेला आयोजना गर्न खोज्दा पनि व्यापारीबाटै अवरोध हुनु भनेको आर्थिक दृष्टिकोणबाट सही नभएको नागरिक समाज इटहरीका पूर्व अध्यक्षसमेत रहेका कमलेश पौडेल बताउँछन्।

‘नेपालमा उत्पादन भएका वस्तुको व्यापार मेला गर्ने भनेर तयारी हुनु, तर व्यापारीबाटै अवरोध हुनु भनेको व्यापारिक र आर्थिक दृष्टिकोणले ठीक भएन,’ उनी भन्छन्, ‘हामी संसारभरका, विशेष संवेदनशील वस्तुबाहेक निर्वाध रूपमा बजार ओपन छ भन्छौं। तर हामीले उत्पादन गरेका वस्तु र व्यवसायको प्रवर्द्धन गर्न व्यवसायीबाटै अवरोध हुनु भनेको सही भएन।’

व्यापार मेलामा वस्तुलाई हेर्ने, परीक्षण गर्ने र वस्तुप्रतिको विश्वसनीयता बढ्ने भए पनि व्यापारीबाटै अवरोध हुनुले इटहरीसहित पूर्वले अवसर गुमाएको उनको तर्क छ। ‘यो मेलाले इटहरीका व्यवसायी र यहाँका नागरिकलाई फाइदा हुने हो। कोही उपभोक्ताले वर्षभरि व्यापार मेलाबाटै जुत्ता किन्छन् त?,’ पौडेलले भने, ‘यो व्यापार मेलाका कारण इटहरीका व्यापारी र उपभोक्ता दुवैलाई नै फाइदा हुने हो। तर व्यवसायिक रूपमा आफ्नो अवसर आफैँ गुमाएकोजस्तो लाग्यो।’

विश्व बजारमा हुने व्यापार मेलामा नेपाली व्यापारीहरू पुगे पनि व्यापार मेलाको महत्त्व नै नबुझेको जस्तो उनले बताए। उनले थपे, ‘व्यापार मेला हुँदैमा व्यापार सुक्छ भन्नु भनेको बुझ्दै नबुझेको तर्क हो। जे भयो, नोक्सान इटहरीलाई भयो। फाइदा हामी कसैलाई भएन।’

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist