नयाँदिल्ली । भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री एनपी साउदको आज अयोध्या जाने कार्यक्रम रहेको छ ।
रायसिना डायलगमा सहभागी भई परराष्ट्र मन्त्री शनिवार रामललाको दर्शन गर्न अयोध्या पुग्न लागेका हुन ।
बिहान ११ बजे दिल्लीबाट विशेष विमानमार्फत अयोध्या प्रस्थान गरेका परराष्ट्र मन्त्री साउँदलाइ अयोध्यास्थित महर्षि बाल्मीकि अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तर प्रदेश सरकारका मन्त्रीहरू तथा अयोध्याका वरिष्ठ पुलिस र प्रशासनका अधिकारीले स्वागत गर्ने कार्यक्रम रहेको छ ।
समाचार अनुुसार विमानस्थलबाट सोझै उनी भगवान श्रीराम जन्मभूमि मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको छ। साउद अयोध्यामा मन्दिर दर्शन गर्ने नेपाल सरकारका उनी पहिलो प्रतिनिधि हुन ।
मन्दिर प्रांगणमा श्रीराम जन्मभूमि तीर्थक्षेत्र ट्रस्टका महासचिव चंपत रायसहित अन्य पदाधिकारीहरूले स्वागत गर्ने छन् । रामललाको दर्शनको क्रममा त्यहाँका मुख्य पुजारीले विशेष पूजा गराउने जानकारी दिइएको छ ।
परराष्ट्रमन्त्री साउदले मन्दिरमा दर्शन पछि नेपाली जनताको तर्फबाट उनले पाँच प्रकारको विशेष गहना रामललाको प्रतिमाको लागि अर्पण गर्नेछन् । चाँदीले बनाइएको यस आभूषणहरूमा तीर धनुष, गदा र श्रृंगारका सामानहरू रहेका छन ।
साथै, परराष्ट्र मन्त्री साउँदले सरयू घाटमा आज साँझ हुने सन्ध्या आरतीमा सहभागी हुने कार्यक्रम छ । यो संगै उनले अयोध्यामै रहेको हनुमानगढीमा पनि विशेष पूजा गर्ने कार्यक्रम रहेको छ।
परराष्ट्र मन्त्री साउदले आजै अयोध्यास्थित नेपाली मन्दिरमा पनि दर्शन गर्ने कार्यक्रम तय भएको छ ।







