ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

एक लाख फर्जी सवारी लाइसेन्स प्रकरण : अख्तियार र सिआइबीको छानबिन सुस्त

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० फाल्गुन १३ गते, ७:२१ बजे
एक लाख फर्जी सवारी लाइसेन्स प्रकरण : अख्तियार र सिआइबीको छानबिन सुस्त
26
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । लिखित र ट्रायलविनै वितरण एक लाखभन्दा बढी सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० प्रकरणमा छानबिन सुस्त देखिएको छ । खास गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले छानबिनमा ‘आवश्यक’ अग्रसरता देखाएका छैनन् ।

यातायात व्यवस्था विभागले फर्जी लाइसेन्स जारी भएको यकिन गरेर विवरणसहित थप छानबिन तथा कारबाहीका लागि नियमनकारी निकायलाई पत्राचार गरेको एक महिना पुग्न लागेको छ । तर, सम्बन्धित निकायबाट परिणामउन्मुख कारबाही देखिएको छैन ।

ठूलो परिमाणमा फर्जी सवारी लाइसेन्स जारी भएको विवरणसहित विभागले थप छानबिनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित अख्तियार र सिआइबीलाई पत्राचार गरेको थियो । मन्त्रालयले सामान्य रूपमा प्रतिवेदन तयार गरेर अख्तियार पठाइसकेको छ । अख्तियारको छानबिन प्रारम्भिक चरणमै छ ।

फर्जी लाइसेन्सबारे तत्काल गतिविधि अघि बढाएर छानबिन गर्नुपर्ने सिआइबीको गति पनि उस्तै सुस्त छ । यसबीचमा छानबिन गरिदिन विभागले सिआइबीलाई अनुरोधसहित पटक–पटक पत्राचार गरिसकेको छ । तर, सिआइबीले छानबिनकै चरणमा रहेको बताइरहेको छ ।

विभागले गत माघ १४ मा आफ्नो छानबिनले औँल्याएका विषय र फर्जी लाइसेन्सका विवरणसहितका प्रतिवेदन एकैपटक मन्त्रालयसहित अख्तियार र सिआइबीलाई पठाएर थप अनुसन्धान र कारबाहीका लागि अनुरोध गरेको थियो । तर, यो अनुरोध र पत्राचार गरेको एक महिना पुग्न लाग्दा पनि छानबिनका गतिविधि परिणामकेन्द्रित हुन सकेका छैनन् । यसबीचमा विभागले सिआइबीलाई अरू तीनपटक पत्राचार गरेको छ । विभागले दोस्रोपटक माघको २३, २५ र २९ गते पत्राचार गरेको थियो ।

सिआइबीको प्रतिनिधिसहितको विभागको छानबिन समितिले कसरी फर्जी लाइसेन्स जारी भए भन्ने ‘केस’हरूसमेत हेरेर, कुन कार्यालय र युजरबाट कति लाइसेन्स जारी भए, प्रणालीका छिद्रसमेत केलाएर विवरणसहित प्रतिवेदन तयार गरेको थियो । छानबिन समितिमा सिआइबीकै डिएसपी डा। तपनकुमार दाहालसमेत संलग्न थिए ।

आफ्नै प्रतिनिधिसहितको समितिले फर्जी लाइसेन्स जारी भएको यकिन गरेर प्रतिवेदन दिँदा र विभागले पटक–पटक आग्रह गर्दा पनि सिआइबीले अनुसन्धानलाई यथोचित गति दिएको छैन ।

सिआइबीकी निर्देशक एआइजी किरण बज्राचार्य लाइसेन्स प्रकरणमा सिआइबीले अनुसन्धान अघि बढाइसकेको, तर थप प्रमाणहरू संकलन गर्न समय लागेको बताउँछिन् । ‘मुद्दालाई बलियो बनाउने गरी अनुसन्धान अघि बढाउन लागेका छौँ,’ उनले भनिन्, ‘हाम्रो टिमले विस्तृत अनुसन्धान अघि बढाइसकेको छ ।’

यसैबीचमा फर्जी सवारी लाइसेन्सबारे भइरहेका अनुसन्धान र छानबिन प्रभावित गर्न लबिङ भइरहेको छ । फर्जी लाइसेन्स जारी गर्ने गैरकानुनी गतिविधिमा संलग्न रहेकाहरूले यससम्बन्धी अनुसन्धानलाई प्रभावित पार्न तीव्र लबिङ गरेका हुन् । यही लबिङका कारण पनि अनुसन्धान सुस्त हुन पुगेको स्रोतको दाबी छ ।

फर्जी लाइसेन्स जारी गर्नेहरूको संगठित सञ्जाल नै सक्रिय रहेको देखिन्छ । यही सञ्जालले प्रणालीभित्र छिरेर विवरण फेर्ने र त्यसको ठाउँमा नयाँ हालेर लाइसेन्स जारी गर्थ्यो । मृत्यु भइसकेका, विदेशमा रहेका, नवीकरण नगरिएका तथा भ्यालिड रहेकै लाइसेन्स नम्बरमा अर्को फर्जी लाइसेन्स जारी गर्नेलगायतका काम गर्थ्यो ।

फर्जी लाइसेन्समा अर्बौको आर्थिक चलखेलसमेत देखिएको छ । प्रतिलाइसेन्स ५० हजारदेखि आपत्कालको स्थिति हेरेर १०औँ लाख रुपैयाँसम्ममा तुरुन्तै लाइसेन्स जारी हुने गरेको भेटिएको छ ।

बिचौलिया र कर्मचारीको बलियो साँठगाँठबाट यस्तो गैरकानुनी काम हुने गरेको थियो । छानबिन अघि बढ्दा कानुनी कारबाहीको फन्दामा परिने डरले उक्त समूह अहिले प्रभावित पार्ने चलखेलमा लागेको यातायात व्यवस्था विभागको स्रोत बताउँछ ।

२९ हजार सवारी लाइसेन्स खारेज
यातायात व्यवस्था विभागले २९ हजार सवारी लाइसेन्स खारेज (इन्भ्यालिड) गरेको छ । लाइसेन्सका विवरणहरू फेरेर जारी गर्ने तयारीमा राखिएका ती लाइसेन्स विभागले खारेज गरेको हो ।

लाइसेन्समा पहिले नै भरिएका नाम, फोटोलगायतका विवरण फेरेर तयारी अवस्थामा राखिएका ती फर्जी लाइसेन्स विभागले प्रणालीबाटै ‘इन्भ्यालिड’ गरिदिएको हो । आजको नयाँपत्रिका दैनिकमा प्रकाशित छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist